मंगलबार, असार १७, २०८२

विश्व प्रसिद्ध फिल्ली क्याफे नेपालमा

नेपालखोज २०८० वैशाख १ गते १४:२२

काठमाडौं । फिल्ली क्याफे नेपालले एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रा. लि. सँगको सहकार्यमा सञ्चालक नबिन खड्का र धुर्ब रिजालले १४ अप्रिल २०२३ मा काठमाडौंको लाजिम्पाटमा फिल्ली क्याफे नेपाल आउटलेट सुरुवात गरेका हुन् । आगामी पाँच वर्ष भित्र नेपालमा २५ वटा नयाँ आउटलेट खोल्ने तयारी रहेको धुर्ब रिजाल र नबिन खड्काले जानकारी गराए ।

फिल्ली क्याफे युएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, यूके, भारत र मौरिससमा ब्यापक उपस्थितिको साथ विश्वभर एक प्रसिद्ध र प्रिय ब्रान्डको रुपमा स्थापित छ । अब, यो समृद्ध सांस्कृतिक सम्पदा र बढ्दो चिया संस्कृति भएको देश नेपालमा पनि विस्तार हुँदैछ ।

काठमाण्डौका क्याफेहरूले स्थानीय स्वाद र अन्तर्राष्ट्रिय परिकारहरूको अद्वितीय मिश्रण प्रदान गर्दछ, र फिल्ली क्याफे यस मिश्रणमा आफ्नै विशेष छाप थप्नका पनि उत्साहित रहेको छ । फिल्ली क्याफेमा चिया अर्गानिकरूपमा उत्पादन गरिन्छ र परम्परागत तरिकामा ताजापनमन साथ बनाइन्छ, जसले चियाका पारखीहरुकोे लागि भ्रमण गर्नै पर्ने गन्तव्यको रुपमा अभिप्रेरित गर्दछ ।

‘हामी काठमाडौंमा फिल्ली क्याफेको अनुभव ल्याउन पाउँदा हर्षित छौं,’ फिल्ली क्याफेका संस्थापक रफिह फिल्लीले जानकारी गराए ।’ हाम्रा क्याफेहरू जीवन्त ठाउँहरूका लागि डिजाइन गरिएका छन् जहाँ मानिसहरू एकसाथ भेला हुन सक्छन् र उनीहरूको व्यस्त दिनहरूको बिचमा आरामले चिया गफ गर्न सक्छन् ।

काठमाडौंमा स्टारबक्स वा कोस्टा कफी जस्ता कुनै पनि अन्तर्राष्ट्रिय चेनहरू छैनन्, जसले फिल्ली क्याफेलाई शहरको रोमाञ्चक गन्तबयको रुपमा स्थापित गराउने लक्ष्य पनि लिएको छ । चिया तथा हल्का खाजाहरू सेवा प्रदान गर्ने फास्ट फुड क्याफेहरूको बढ्दो संस्कृति पर्यटकहरू र स्थानीयहरूको बीचमा यो विश्वव्यापी चेन बन्नको लागि अग्रसर रुपमा अघि बढिरहेको छ ।

आज, फिल्ली यसको सिग्नेचर ’जाफ्रान टी’ को लागि परिचित छ, जुन केसरको साथमा चियाको अद्वितीय मिश्रण हो । क्याफेले आइस्ड चाइ, मिल्कशेक, मकटेल, बन कबाब, स्यान्डविच, फूडल, मोमोज र थप कुराहरू समावेश गर्ने विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि उपलब्ध गराउँदछ ।

भारतीय तथा मध्य पूर्वी स्वादहरुको मेनु रहने यस फिल्ली क्याफे युएई र संयुक्त राज्य अमेरिका, युके, मौरिसस, नेपाल, ओमान, क्यानाडा र भारत लगायत अन्य देशहरूमा चिया प्रेमीहरूलाई सेवा गर्ने बढ्दो इमान्दार ग्राहक आधारको साथ फुड एण्ड बेभरेज उद्योगमा धेरै लोकप्रिय छ ।

‘हामी काठमाडौंमा नयाँ ग्राहकहरूलाई हाम्रो ब्रान्ड परिचय गराउन र शहरको जीवन्त खाना र पेय दृश्यको हिस्सा बन्न पर्खन सक्दैनौं।’ रफिह फिल्लीले जानकारी गराए ।

काठमाडौंमा फैलिएको जीवनशैली र यहाँका मानीसहरुको ऊर्जाको लागि जोशका साथ, रफिह फिल्लीलाई नेपालको संस्कृति र वातावरणसँग मिश्रण गरी चल्ती क्याफे सिर्जना गर्न प्रेरणा मिल्यो । नतिजास्वरूप, उनले नेपाललाई विशेष बनाएको महत्वलाई मूर्त रूप दिँदै सहरको मुटुमा सबैभन्दा स्टाइलिश र आकर्षक क्याफे अनुभव ल्याउने तयारी गरे ।

काठमाडौंको पहिलो फिल्ली क्याफे लाजिम्पाटमा खुलेको छ र कम्पनीले चिया र कफीको सिग्नेचर मिश्रणको अनुभव गर्न ग्राहकहरूलाई स्वागत गर्न तत्पर रहेको छ । फिल्लीको कथा दुबई मा एक सानो स्थानीय क्याफेको रूपमा शुरू भयो ।
यो रफिह फिल्लीद्वारा स्थापित गरिएको थियो, जो आफै चिया प्रेमी थिए । उनले आफ्नो क्याफेमा विशेषरूपमा सेवा दिइने ग्राहकहरूलाई दोहोरिएर आउन मन लाग्ने गरि अनौठो चिया पत्ता लगाए । फिल्ली आज युएई र विश्वभरका चिया प्रेमीहरूको लागि एक प्रतिष्ठित नाम हो ।

प्रतिक्रिया