ए डिभिजन लिग : आज दुई खेल हुने
नेपालखोज
२०८० वैशाख ३ गते ९:२८

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ खेल हुँदै छन् । च्यासल र दशरथ रंगशालामा एक/एक खेल हुने छन् ।
च्यासल मैदानमा दिउँसो ३ बजे संकटा क्लब र नेपाल एपीएफ क्लब भिड्ने छन् । संकटा र एपीएफ दुवै चौथो जितका खोजिमा हुने छन् ।
संकटा १२ अंकका साथ सातौं तथा एपीएफ ११ अंकका साथ नवौं स्थानमा छ । यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।
यो खेल साँझ ६ बजे सुरुहुने छ । सातदोवाटो आज जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा हुँदा पुलिस दोस्रो जितको खोजिमा हुने छ ।
अहिले सातदोवाटो १६ अंकका साथ शीर्ष स्थानमा छ भने पुलिस ४ अंकसहित पुछारमा रहेको छ ।
तालिकामा अहिले जावलाखेल युथ क्लब १७ अंकसहित शीर्ष स्थानमा छ ।
सम्बन्धित

प्रतिक्रिया