आईपीएलका टिमले लगाउनेछन पृथ्वीको चार चक्कर

काठमाडाैं । यसपटकको आईपीएल ५२ दिन चल्दै , जसकाे प्रतिस्पर्धा १२ वटा सहरमा संचालन हुँदैछ । सहभागि १० वटा टिमले १२ वटा सहर पुगेर ५२ दिनसम्म चल्ने यो प्रतियोगिताका लागि गर्ने यात्रालाई हेर्दा सबै टिमले करिब १ लाख ६९ हजार ५ सय ३२ किलोमिटर यात्रा गर्नुपर्ने देखिन्छ । यो दूरी पृथ्वीको चार परिक्रमा हो । यसका लागि टिमहरुले करिब २ सय ३५ घण्टा अर्थात् १० दिन मात्र विमानमा बिताउनेछन ।
मे १० मा चेन्नईको स्टेडियममा हुने खेलका लागि दिल्लीको टिमले २ हजार १ सय ९० किलोमिटरको दुरी तय गर्नुपर्नेछ । यो लिगमा एउटा खेलका लागि गरिएको सबैभन्दा लामो यात्रा हो। चेन्नई सुपर किंग्सले १७ अप्रिलमा कर्नाटकको चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध खेल्न ३३६ किलोमिटर यात्रा गरेको थियो, जुन लिगमा टिमले तय गरेको सबैभन्दा छोटो दूरी हो । यो लिग अवधिमा दुई महिनामा हजारौं किलोमिटर यात्रा गर्दा खेलाडीमा चोटपटक, थकान र कामको बोझको समस्या बढ्ने सम्भावना पनि छ ।
५९ दिनमा ७४ खेल
५९ दिनसम्म चल्ने यो प्रतियोगितामा १० टिमबीच कुल ७४ खेल हुनेछन् । प्रत्येक टिमले १४ वटा खेल खेल्नेछन्, ७ घरेलु तथा ७ विपक्षी टिमको मैदानमा । लिग चरणमा १० वटा टिमबीच ७० वटा खेल हुनेछन् । लिग चरणपछि अंक तालिकाका शीर्ष ४ टिम प्लेअफमा पुग्नेछन् ।
सबै खेल १२ शहरमा
यो प्रतियोगिताका ७४ वटा खेल विभिन्न १२ सहरमा हुँदैछन् । आईपीएल टिमका १० शहरका अतिरिक्त गुवाहाटी र धर्मशालामा पनि प्रतिस्पर्धा संचालन हुनेछन् । गुवाहाटी राजस्थान रोयल्सको घरेलु मैदान हुनेछ भने धर्मशाला स्टेडियम पञ्जाबको घरेलु मैदान हुनेछ। आईपीएलका टिमका १० सहर मुम्बई, चेन्नई, अहमदाबाद, जयपुर, बेंगलोर, लखनऊ, हैदरावाद, दिल्ली, मोहाली तथा कोलकाता हुन् ।
प्रतिक्रिया