उपनिर्वाचनको नतिजापछि कमल थापाको प्रतिक्रिया : जनता मालिक हुन् भन्ने सन्देश दियो

काठमाडौं । उपनिर्वाचनको नतिजा आउन थालेसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो प्रतिक्रिया दिएका छन् ।
तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णीम वाग्लेले जित हात पारेको र चितवनमा रास्वपा सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम गरेको सन्दर्भलाई कोट्याउदै अध्यक्ष थापाले उपनिर्वाचनको परिणामले प्रजातन्त्रमा जनता मालिक हुन् भन्ने प्रष्ट सन्देश दिएको बताएका छन् ।
कुनै पार्टीमा आबद्ध भएकै कारण सोही पार्टीका उम्मेदवारलाई मतदान गर्छन् भन्ने मान्यताको अन्त्य भएको समेत थापाले बताएका छन् । यस्तो थिति मूलुकभर बस्न सके नेपाल नयाँ युगमा प्रवेश गर्ने उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले लेखेका छन्,
चितवन र तनहुँको उपचुनाव परिणामले प्रजातन्त्रमा जनता मालिक हुन् भन्ने स्पष्ट सन्देश दिएको छ । एकपटक भोटदिएको वा कुनै पार्टीसँग विगतमा आवद्धरहेको कारण सोही पार्टीलाई सँधै भोट दिन्छन् भन्ने मान्यता अन्त भएको छ । यो लोकतन्त्र परिपक्व हुँदै गएको संकेत हो । यो मान्यता देशभर कायम हुनसके नेपाल नयाँ युगमा प्रवेश गर्नेछ ।
प्रतिक्रिया