बुधबार, वैशाख १२, २०८१

गुराँस लाइफ इन्स्योरेन्स गर्‍याे १३ लाखको मृत्यु दाबी भुक्तानी

नेपालखोज २०८० वैशाख १५ गते १८:३६

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरि मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ निवासी मनिपाल बुढा मगरकोे परिवारलाई १३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय प्रमुख मोहन लाल कुँवरले मृतकको श्रीमती रास्टी रोकालाई उक्त चेक हस्तान्तरण गरेका हुन् । बुढाले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बिमा गरेका थिए । मृत्यु दाबी भुक्तानी बापत आएको केहि रकमबाट रोकाले आफ्नो भविष्यको लागि बचत समेत गरेका छन् ।

रोकालाई चार लाख १० हजारको गुराँस जीवन रक्षक बिमा योजनाको बिमालेख समेत कम्पनीले नै प्रदान गरेको छ । बिमालेख ग्रहण गर्दै रोकाले समयमा नै सबैले जीवन बिमा गर्नुपर्ने भन्दै जीवन बिमाले भोलीका दिनहरुमा आर्थिक सहायता प्रदान गर्ने बताए ।

प्रतिक्रिया