आज कतिमा कारोबार हुदैँछ सुनचाँदी ?
नेपालखोज
२०८० वैशाख १८ गते १३:२०

काठमाडौं। आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार र तेजावी सुनको मूल्य १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाल सुन तोलाको १ लाख ९ हजार २०० र तेजावी सुन तोलाको १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँ तोकिएको छ । आइतबार पनि सोही मुल्यमा कारोबार भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया