इङ्लिस प्रिमियर लिग : शीर्षस्थानमा म्यानचेस्टर सिटी

काठमाडौं । इङ्लिस प्रिमियर लिगको जारी प्रतियोगितामा म्यानचेस्टर सिटी शीर्षस्थान पुग्न सफल भएको छ ।
घरेलु मैदान इतिहास स्टेडियममा बुधवार राती भएको खेलमा वेस्ट हामलाई ३–० ले पराजित गर्दै सिटी शीर्षस्थानमा उक्लन सफल भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिए पनि ४९औँ मिनेटमा नाथन एकेले बेस्ट हामविरुद्ध गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । र, ७०औँ मिनेटमा एर्लिङ हालान्डले गोल थपेपछि सिटीको अग्रता दोब्बर हुन पुग्यो ।
त्यसपछि खेल सकिनु केही समय अघि अर्थात् ८५औँ मिनेटमा फिल फोडेनले गोल गरे पछि सिटीले ३–० को सानदार जित निकाल्न सफल मात्रै भएन, सिटी शीर्षस्थानमा पनि उक्लिन पायो ।
यस जितसँगै सिटीले ३३ खेलबाट ७९ अङ्क बटुलेको छ भने पराजित वेष्टह्याम ३४ खेलबाट ३४ अङ्क जोड्दै १५ औँ स्थानमा छ ।
हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमानसमेत बनाएका छन् । उनले ३३ औँ खेलबाट यो कीर्तिमान बनाएका हुन् ।

प्रतिक्रिया