नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० वैशाख २४ गते २२:३८
नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका लागि सरकारका सचिव टेकनारायण पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति ।
नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीय पक्राउ ।
कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी, एक पक्राउ ।
म्याग्दी कारागारबाट भागेका कैदी १९ वर्षपछि पक्राउ ।
सङ्खुवासभामा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज आचार्य नियुक्त ।
एमाले केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने ।
कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा ।
सिम्रिक एयरका सबै उडानमा रोक ।
मुगु हिमपहिरोमा पुरिएकाहरूको खोज उद्धार भोलिदेखि हुने ।
ए डिभिजन लिगमा मछिन्द्रको जित, संकटासँग आर्मीको बराबरी ।
आइपीएल क्रिकेटमा गुजरात प्लेअफमा पुग्ने पहिलो टिम ।
सम्बन्धित

प्रतिक्रिया