बिहीबार, असार १९, २०८२

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

नेपालखोज २०८० वैशाख २६ गते १६:२४

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मंगलबार दिउँसो करिब ३ बजे इस्लामावाद उच्च अदालतबाट पक्राउ गरिएको छ । उनलाई पाकिस्तानी रेन्जर्सले पक्राउ गरेको हो ।

इमरान खान २ वटा मुद्दामा जमानतका लागि हाई कोर्ट पुगेका थिए । इमरानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)ले इमरानलाई कुटपिट भएको आरोप लगाएको छ । पार्टीले इमरानका वकिल रगतले लतपतिएको भिडियो पनि पोस्ट गरेको थियो ।

आईजी अकबर खानले कादिर ट्रस्ट मामिलामा इमरानलाई पक्राउ गरिएको बताए । पीटीआईको विरोधको आशंकालाई ध्यानमा राख्दै अकबर खानले भने, ‘हामीले धारा १४४ लागू गरेका छौं र त्यसको उल्लंघन गर्नेलाई कारबाही गरिने छ ।

प्रतिक्रिया