अपेक्षा गर्नु गलत

एपिक्युरस एक प्राचीन ग्रीक दार्शनिक थिए। उनी निकै प्रभावशाली थिए । उनी दर्शनको संस्थापक मानिन्छन् । हेरौँ उनका जीवनोपयोगी धारणा :
१. तपाईँ आफैले हासिल गर्न सक्ने कुराहरूका लागि परमेश्वरलाई प्रार्थना गर्नु व्यर्थ छ।
२. समस्या जति ठुलो हुन्छ, त्यसलाई हल गरेको स्वाद त्यति नै मिठो हुन्छ ।
३. यदि हामी सन्तुष्ट छौँ भने हामी संसारका सबैभन्दा धनी व्यक्तिमा पर्न सक्छौँ ।
४. मूर्खको समृद्धि भन्दा बुद्धिमान मानिसको दुर्भाग्य राम्रो छ।
५. यदि तपाईँ कुनै कुरा गोप्य राख्न चाहनुहुन्छ भने, त्यसलाई आफैबाट लुकाउनुहोस्।
६. सोचले भाषालाई भ्रष्ट बनाउँछ, तर भाषाले पनि सोचलाई भ्रष्ट बनाउन सक्छ।
७. मानव हुनु भनेकै पूर्णताको आशा नगर्नु हो ।
८. यदि विगतमा नियन्त्रण छ भने त्यसपछि मात्र भविष्यमा नियन्त्रण हुनेछ।
९. आँधीको सामना गरेपछि मात्र राम्रो कप्तान बन्न सक्छ । आफ्नो काममा अगाडी बढ्न समस्याहरूको सामना गर्नै पर्छ ।

प्रतिक्रिया