लक्ष्य स्पष्ट छ भने दूरीले फरक पार्दैन

नेपालखोज २०८० वैशाख ३० गते ५:५४

जेन अस्टिन अङ्ग्रेजी भाषाकी उपन्यासकार हुन्, जसका कतिपय कृति चलचित्र तथा टिभी कार्यक्रममा रूपान्तरण गरिएका छन् ।

१. कोमल हृदय भन्दा आकर्षक केही छैन ।

२. परिस्थितिलाई थाहा नदिई कसैको स्वभावमा टिप्पणी गर्नु पूर्णतया अनुचित हो ।

३. हामीले सोच्ने र बोल्ने कुरा होइन, हामीले गर्ने कुरा हो यसैले हामीलाई परिभाषित गर्छ ।

४ . स्वार्थीलाई अनदेखा गर्नु राम्रो हो किनभने यसको उपचारक‍ कुनै आशा छैन ।

५ . लक्ष्य स्पष्ट छ भने दूरीले फरक पार्दैन।

६. हरेक पलको आफ्नै खुसी र आफ्नै आशा हुन्छ।

७. म जति संसार देख्छु उति धेरै सन्तुष्ट हुन्छु ।

८. आत्म-ज्ञान परिपक्वता तर्फको पहिलो कदम हो ।

९. धनी मानिसहरू नम्र हुन धेरै गाह्रो छ ।

१०. आफ्नो खुसी पहिचान गर्नु निकै महत्त्वपूर्ण हुन्छ ।

-एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया