साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?
नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।
१, चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
२, सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको क्रममा छ । बजेटमा के चाहन्छ निजी क्षेत्र ? विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
३, यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्याे । लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’ ? विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
४, प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरिएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
५, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ स्टक एक्सचेन्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
६, दुई वर्षमा निर्माण सम्पन्न गर्न भनेर दिएको जिम्मेवारी १४ महिना अगावै पूरा गरेसँगै सोहीअनुसार बजेट नहुँदा भुक्तानी दिन प्रदेश सरकारलाई समस्या भएको हो । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
७, नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
८, नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
९, यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
१०, न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
११, अखिल नेपाल फुटबल संघ (एन्फा)ले आपतकालिन बैठकबाट विभिन्न ११ वटा निर्णय गरेकाे छ। विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया