शुक्रबार, वैशाख २१, २०८१

एउटा हिराको कथा

सुनिल सापकोटा २०८० जेठ १ गते १७:४७

काठमाडाैं । यो तस्बिर भारतको प्रख्यात धनी व्यक्ति जमशेदजी टाटाको बुहारी मेहरबानको हो । जो जमशेदजीको जेठो छोरा सर दोराबजी टाटाको पत्नी हुन् ।

यो फोटो लाई जूम गरेर हेर्दा यी महिलाले गलामा लगाएको एउटा ठुलो “जुबली डायमन्ड” (हिरा) देखिन्छ । यो हिरा २५४ क्यारेटको हो। जो विश्व विख्यात “कोह- ए- नूर” सामान्य बोलचालमा कोहिनुर हिरा भन्दा दुई गुना ठुलो हो ।

भनिन्छ कि सन् १९२४ मा प्रथम विश्वयुद्धको कारणले जब मन्दीको सुरुवात भयो। त्यस बेला टाटा कम्पनी सँग आफ्नो कर्मचारीहरू लाई तलब दिने पैसा नहुँदा मेहरबाईले यो आफ्नो बहुमूल्य यो जुबली डायमन्ड इम्पीरियल बैङ्कमा धरौटी राखी एक करोड रुपियाँ कर्जा लिई कर्मचारी हरुको तलब दिई उनीहरूको काम चलाएकी थिइन् ।

पछि यिनलाई ब्लड क्यान्सर भयो र यिनको मृत्यु भयो। यिनको मृत्यु पछि सर दोराबजी टाटाले यिनको यादमा भारतका क्यान्सर रोगीहरूको राम्रो उपचार होस् भनेर पत्नीको यो हीरा बिक्री गरेर बम्बईमा टाटा मेमोरियल क्यान्सर रिसर्च फाउन्डेसनको स्थापना गरे। मलाई लाग्छ पत्नि प्रेमको सम्झनामा बनाइएको यो क्यान्सर अस्पताल भारतको लागि एक उपहार हो।

सायद ताज महल पछि पत्नीको यादको यो दोस्रो स्मारक जस्तो होला कि ? आज भन्दा ४८ वर्ष अघि म यो अस्पतालमा मेरा एक जना मित्रको आमा लाई क्यान्सर हुँदा मित्रको साथमा गएको थिए ।

उक्त अस्पतालमा मित्रको आमाको राम्रो सँग इलाज भएको थियो र उहाँ धेरै वर्ष सम्म बाँच्न सफल पनि हुनु भएको थियो।

प्रतिक्रिया