बोसिया खेलको लागि सरकारले विशेष बजेटको व्यवस्था गर्नुपर्ने माग

नेपालखोज २०८० जेठ २५ गते २०:३४

काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया सङ्घले पूर्ण र अति असक्त (मस्तिष्क पक्षघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनललगायत) अपाङ्गता भएका व्यक्तिको खेल विकासका लागि सरकारले विशेष बजेटको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

सङ्घद्धारा यहाँ आज आयोजित पूर्ण र अति असक्त अपाङ्गता भएका व्यक्तिको खेल विकासका लागि ‘बोसिया खेलको आवश्यकता, महत्व र खेल विकासका बारेमा खेलाडी र सरोकारवालासँगको अन्तक्र्रिया’ मा सङ्घले अपाङ्गता भएका व्यक्तिले खेल्ने बोसिया खेलको लागि नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने माग गरेको हो ।

सङ्घ सरकारले नै अपाङ्गता भएका व्यक्तिबीच नै प्रतिस्प्रर्धा हुने गरी राष्ट्रियस्तरको खेल प्रतियोगिता गर्नुपर्नेमा समेत जोड दिएको छ । अपाङ्गता भएका व्यक्ति त्यसमा पनि अति अशक्त व्यक्तिलाई राज्यले विशेष सुविधा दिनुपर्ने उहाँको भनाइ थियो । बाग्मती प्रदेशका सांसद लक्ष्मी घिमिरेले बोसिया खेललाई राज्यले प्राथमिकताका साथ महत्व दिएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उनले प्रदेशस्तरबाट निर्माण हुने खेलसम्बन्धी नीति/नियम, ऐन/कानुनलाई अपाङ्गमैत्री बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले अपाङ्गतामैत्री भौतिक संरचनाको निम्ति राज्यले नै नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले समग्र खेलकुद क्षेत्रको विकासका लागि खर्च गर्दैगर्दा बोसिया खेलको निम्ति पनि लगानी गर्नुपर्ने धारणा राखे

प्रतिक्रिया