शनिबार, वैशाख १५, २०८१

मुटु प्रत्यारोपणमा मरेको मान्छेको मुटुले पनि काम गर्ने

नेपालखोज २०८० जेठ २६ गते ११:०४

एजेन्सी । विश्वभर हुने अधिकांश मुटु प्रत्यारोपणका लागि मस्तिष्क मृत व्यक्तिबाट मुटु दान लिइन्छ ।

यद्यपि नयाँ अनुसन्धानमा फरक प्रकारको शल्यक्रिया सफल भएको छ । यसले मरणोपरान्त दानका लागि उपलब्ध गराउन सकिने शारीरिक अंगको संख्या बढाउन सक्छ किनभने नयाँ प्रकारको शल्यक्रियाले पूर्ण रूपमा मृत व्यक्तिको मुटु प्रत्यारोपणका लागि प्रयोग गर्न अनुमति दिनेछ।

ड्युक युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार रक्तसञ्चार पूर्ण रूपमा बन्द भैसकेको शवबाट पनि मुटु प्रत्यारोपण गर्न सकिने छ । यसको अर्थ हृदय प्रत्यारोपण चाहिने तर हृदय उपलब्ध नभएका थप जीवन बाँच्नसक्नेछन् ।

यो अनुसन्धानको नेतृत्व ड्यूक युनिभर्सिटी स्कूल अफ मेडिसिनका डा.जेकोब श्रोडरले गरिरहेका छन् । डा.जेकोब भन्छन्, ‘इमानदारीपूर्वक भन्नुपर्दा यदि हामीले केही गर्न सक्षम भयौं र मानिसहरूले यो विधि प्रयोग गर्न थाले भने पृथ्वीमा लामो आयु बाँच्नेहरुको संख्या धेरै हुन सक्छ र अब यहि नै मानक हुनुपर्छ ।’

विद्यमान विधि भन्दा फरक

सामान्यतया, अंग प्रत्यारोपणका लागि दान लिने हालको प्रक्रिया अन्तर्गत, डाक्टरहरूले पहिले बिरामीको पूर्ण जाँच गर्छन् मस्तिष्क पूर्ण रूपमा मरेको छ कि छैन भनेर ।

त्यो शरीरलाई भेन्टिलेटरमा राखिन्छ ताकि मुटुले आफ्नो काम जारी राख्छ र अंगहरू बाहिर ननिकाल्दासम्म अक्सिजन प्राप्त गरिरहन्छ।

दोस्रो विधिमा दाताको मस्तिष्कले काम गरिरहेको र बाँच्ने सम्भावना नदेखिने भएकाले लाइफ सपोर्ट सिस्टम हटाउनुपर्ने निर्णय आफन्तले गरेका हुन्छन् ।

यस्तो हुनेबित्तिकै मुटुले काम गर्न छोड्छ र अंगहरूले रक्तसञ्चारबाट अक्सिजन पाउन बन्द गर्छ । त्यस्ता शरीरबाट मृगौला र अन्य अंगहरू लिइन्छ तर मुटुमा क्षति पुगेको महसुस भएकाले मुटु लिने बिषयमा चिकित्सकहरू अन्योलमा छन् ।

नयाँ के छ यो नयाँ विधिमा

चिकित्सकहरुले यस्तो मृत शरीरबाट पनि मुटु निकाल्ने उपाय पत्ता लगाएका छन् । उनीहरूले त्यो मुटुलाई मेसिनमा राख्छन् जसले यसलाई फेरि चलाउँछ ।

त्यो मेसिनमा मुटुले फेरि काम गर्न थाल्छ र जीवित शरीरमा जसरी रगत र पोषक तत्वहरू पठाइरहेको थियो । यसबाट विज्ञहरूले मुटुले ठीकसँग काम गरिरहेको छ कि छैन र त्यसमा कुनै क्षति भएको छ वा छैन भन्ने कुरा पनि थाहा पाउँछन् ।

यो नयाँ प्रविधि पहिलो पटक एक महिलामा प्रयोग गरिएको थियो । यो अनुसन्धान विश्वका धेरै देशमा १ सय ८० बिरामीको मुटु प्रत्यारोपणमा गरिसकिएको छ ।

छ महिना पछिको रेकर्ड हेर्दा नयाँ र पुरानो बिधिमा मानिस बाँच्ने दर लगभग बराबर थियो।

न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुसन्धान पत्र अनुसार सामान्य विधिबाट मुटु प्राप्त गर्ने बिरामीमध्ये ९० प्रतिशत बाँचे भने नयाँ विधिमा ९४ प्रतिशत बाँच्ने दर छ ।

यो अनुसन्धानमा सहभागी वशिङटन विश्वविद्यालयकी डा.न्यान्सी स्विट्जर भन्छिन् – यी नतिजाहरु निकै उत्साहजनक छन् ।

प्रतिक्रिया