आइतबार, वैशाख २३, २०८१

जोमसोम यात्रामा जाँदा बाटोमा पर्ने तातोपानी

नेपालखोज २०८० जेठ ३१ गते ५:५६

कुनै बेला यस्तो थियो । सोडियम, क्लोराइड, पोटासियम, म्याग्नेशियम, सल्फर मोनोक्साइड, जस्ता विभिन्न रासायनिक तत्वहरुका कारण पहाडी भूभागमा रहेका प्राकृतिक कुवाहरुका पानी तातो हुने गर्छ ।

साथै यिनै रसायनका कारण विभिन्न छाला सम्बन्धि, ग्याष्टिक सम्बन्धि, बाथ रगत सम्बन्धि रोगहरु तथा प्यारालाइसिस समेत निको हुने हुँदा यस किसिमको कुवाहरुमा डुब्न जानेहरुको घुइचो लाग्ने गर्छ ।

लामो पदयात्रामा हिडेका पर्यटकहरु पनि फर्कने क्रममा थकान र मांसपेशीको पीडा कम गराउन पनि घण्टौ डुब्ने गर्दछन् । नेपालमा पूर्वी पहाडी क्षेत्र देखि पश्चिम पहाडी क्षेत्रमा करिव ३५ ठाउँमा तातो पानीका कुवा छन् । जसमध्य १६ ठाउँमा डुब्नेहरुको घुइँचो हुने गर्दछ ।

Balneotherapy भनेर चिनिने यस प्रकारको उपचार पद्धति अन्यत्र पनि हुने गर्छ । अध्ययनका आधारमा म्याग्दीको तातोपानी र उत्तरी म्याग्दीको भुरुङको तातोपानीमा उच्च रसायनयुक्त पानी रहेको पाइएको छ । १ लिटर पानीमा म्याग्दीको तातोपानीमा ४६० मि.ग्रा. सोडियम, ४९ मि.ग्रा. प‍ोटास, १७ मि.ग्रा. म्याग्नेसियम, ३५१ मि.ग्रा. क्लोराइड रहेको पाइएको छ । यहीँ तत्वहरु भुरुङको तातोपानीमा क्रमश ३७०, ९५, २७ तथा ५८३ मि.ग्रा. रहेको पाइएको छ ।

प्रतिक्रिया