आइतबार, वैशाख २३, २०८१

धर्म, जातिय विभेद र अध्यात्म

कृष्ण कॅंडेल २०८० असार २ गते ५:०५

श्रद्धय गुरूदेव एलपी भानु शर्मा भन्नुहुन्छ ‘जातिभेद मानव निर्मीत हो ।अध्यात्ममा समभाव छ ।’ तर हामीले धर्म र अध्यात्मको मर्म नवुझ्दा वा त्यसको अर्थ र प्रयोग भिन्दा भिन्दै तवरले गर्दा नेपाल लगायत संसारभर आज पनि जातिय विभेदका अवशेषहरूले दरै रूपमा जरा गाडीरहेको पाईन्छ । विकशीत भनिने देशहरूमा कानूनत विभेद हटेको भनियतापनि भित्री रूपमा जातिभेद भुसको आगो झै सल्कीरहेकै अवस्था छ । २१ औं शताव्दीमा पनि जातिय विभेदका कुराहरू बारम्वार आईरहनु लज्जास्पद विषय हो ।

पृथीवी साझा घर हो तर यो साझा घरमा फरक फरक धर्म मान्ने मान्छेहरू धेरै छन् । ईतिहासमा पढ्दा थाहा पाईन्छ धर्मले मानीसहरूलाई विभाजन गराएको छ । ठूला ठूला धार्मिक युद्ध र दंगा भएका पनि छन् । धर्मका ठेकेदारहरूले धर्मका नाममा द्वन्द्व फैलाएर नितान्त व्यक्तिगत स्वार्थ सिद्ध गरेका उदाहरण धेरै छन् । कुनै एउटा धर्ममा आस्था राख्नु मानीसको धार्मिक स्वतन्त्रताको कुरा हो । तर विडम्बना के छ भने एउटै धर्म र संस्कृति परम्परामा बांधिएका मान्छेहरू अनेकन संप्रदायमा बांडीएर छुवाछुत र जातीय विभेदका कुराहरू अघीसार्दै मानिस मानिसमा विभाजन ल्याई रहेकाछन् । हिन्दु , मुस्लिम , क्रिस्चियन प्राय सवै धर्ममा विभेद छ । सांप्रदायक विषय हावी छ । आफ्नो आस्थाको धर्म मानौं अथवा धर्म बाट निरपेक्ष बसौं । त्यो भन्दा माथी उठेर आध्यात्मिक हुने प्रयास गरौं ।

धर्मले रूढीवादी र धर्मान्ध बनाऊॅंछ ,मानिसहरूबीच संप्रदायको आधारमा भेद गराऊॅंछ ।धर्मले निश्चित बाटो अंगालेको हुंदा संकिर्ण हुन्छ भने आध्यात्मिकता उनमुक्त हुन्छ , यहां वन्देज हुंदैन ।यसले भक्तलाई विभेदरहित बनाऊॅंदै करूणा तथा विश्व प्रेमको भावना जगाऊॅंछ । सवै प्राणीलाई भगवानको रूपमा हेर्न सिकाऊॅंदै मानिसहरूबीच एकताको विकास गराऊॅंछ ।धर्मले बहिर्मुखी बनाऊॅंछ तर अध्यात्मले भगवानलाई आफुभित्र खोज्न अन्तरमुखी हुन सिकाऊॅंछ ।

योगानन्द परमहंस भन्नुहुन्छ ‘अध्यात्मले स्थायी रूपमा मानिसको दुःख निवृत गर्छ र आनन्दको प्राप्ति गराऊॅंछ’। यसैगरी ईस्लाम धर्मका प्रवर्तक हजरत मोहमद भन्नुहुन्छ’ आध्यात्मिकता भनेको उच्च मानवीय मूल्ययुक्त जीवनपद्धति हो ।’
कवि हरिवंश राय वच्चन मधुशालामा लेख्छन् ( मधुशाला ९भट्टी०भित्र पस्दा कसैले कसैको जात सोध्दैन , धर्म सोध्दैन । हरिवंश राय वच्चनले लेखेका छन् मंदिर र मश्जीदले मान्छेमा वैरभाव जगाएका छन् । प्रसंग नेपालकै स् हाम्रो देशमा जातिय विभेद लाई कानूनत अन्त्य गरिएतापनि व्यवहारमा जातिय विभेद अझै पनि जीऊॅका तिऊॅं छ । त्यसको पछील्लो उदाहरण २०७९ पुस १९ गते महोत्तरीको एक गाउँमा दलीतको घरमा महतो ले भोज खाए भनेर सामाजीक बहिस्कार गरेछन् ।भोज खाने महतोको भनाई यस्तो छ :

दलित भए पनि शुभनारायणको परिवार पनि वैष्णव हुन् । घरमा कोही माछामासु खाँदैनन् । धार्मिक सत्संग, प्रवचनमा सरिक हुन्छन् । महतोले आफूले कहिल्यै पनि तल्लो–माथिल्लो जातको भनेर भेदभाव नगरेको बताउँछन् । ‘म जातीय छुवाछूत मान्दिनँ । दलितको भोज खाएकै निहुँमा मलाई सार्वजनिक माफी माग्न कर गरिरहेका छन्’ उनले भने, ‘मैले के अपराध गरेको छु र माफी माग्नु १ माफी माग्दिनँ भन्ने अडान मैले लिएको छु । त्यसैले मलाई बहिष्कार गरेका छन्। यस्ता घटनामा सामान्यतया स्थानिय प्रशासनले नदेखे झै गर्ने र उजुरी पनि नलीने प्रचलन अली बढी छ । जवकी नेपालमा जातीय भेदभाव दण्डनीय छ । यदि कसैले गरे तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुईलाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

एउटै धर्म र संस्कार मान्नेहरू वीच पनि यति ठूलो विभेद हु्न्छ भने अरू बाट के आशा राख्ने रु मानव निर्मीत जातीभेदले आज पनि मान्छेलाई जवरजस्त ढंगले विभाजीत बनाई रहेको छ । तेसो त विकसीत भनिने देशहरूमा पनि यदाकदा काला र गोरा विचको विभेद सतहमै प्रकट हुन्छ ।त्यसैले भनिएको हो धर्म र संप्रदायले विभाजन ल्याएको छ अध्यात्मले मानवता लाई नमन गरेको छ । कुन बाटो रोज्ने तपाईको ह्रदयलाई सोध्नुहोस । सुप्रसिद्ध नाटककार वालकृ्ष्ण समले २०२३ साल असार ३ गते लेखेको यो कविता बाट अहिले लाई विट मार्छु ।

‘मानिसको जात मानिसनै हो अर्को उसको जातै छैन
मानिस उभिएको ठाऊॅं स्वदेश हो
उसको विदेश कतै छैन
अमानुषी व्यवहार पनि मानिसकै हो
अर्को राक्षस वा देवता छैन
स्वर्ग नरक मानिसकै कृत्रीम स्थल हुन्
अन्त त्यसको पता छैन’।

प्रतिक्रिया