तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु
नेपालखोज
२०८० असार २ गते १८:४५

काठमाडाैं । तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने तिनाउ खोलाको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हाे ।
अभिषेक रुपन्देहीको तिलोत्तमा–३ ड्राइभर टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए । शनिबार दिउँसो पौडी खेल्न भन्दै तिनाउ खोलाको ड्याममा गएका परियार अचानक खोलामा डुबेर बेपत्ता भएका थिए ।
सम्बन्धित

प्रतिक्रिया