आइतबार, वैशाख १४, २०८२

महान उद्यमीहरूको जीवनबाट महत्त्वपूर्ण पाठ

नेपालखोज २०८० असार ४ गते ७:१५

‘हामीमध्ये धेरैका लागि सबैभन्दा ठूलो खतरा यो होइन कि हामीले धेरै उच्च लक्ष्य लिएकाछौं र हामी त्यहाँ सम्म पुग्न सक्दैनौं । हाम्रो समस्या त हामीले धेरै सानो लक्ष्य लिनु र त्यसलाइ हासिल गर्नु हो ।’

इटालियन पुनर्जागरण कलाकार तथा उद्यमी माइकल एन्जेलोको यो उद्धरणले हामीलाई के सम्झाउँछ भने उद्यमशीलतामा सफलता हासिल गर्न महत्वाकांक्षी लक्ष्यहरू निर्धारण गर्नु महत्त्वपूर्ण छ । उच्च लक्ष्य र त्यो महानताका लागी प्रयास पनि महत्त्वपूर्ण छ । भलै यसको अर्थ जोखिम लिनु र बाटोमा चुनौतीहरूको सामना गर्नु किन नहोस् ?

यहाँ केहि प्रसिद्ध उद्यमीहरूको सफलताको रहस्य प्रस्तुत गरिएको छ । हामीले यी कुराहरूलाई उचित रुपमा अपनाएर आफ्नो जीवनमा तुरुन्तै लागू गर्न सक्छौं र सकारात्मक परिवर्तनहरू देख्न सक्छौं। ओपरा विन्फ्रे , ओडब्ल्युएन नेटवर्क ( आफ्नो जोश कायम राख्नुहोस् र आफैमा विश्वास गर्नुहोस् ।

ओपरा विन्फ्रे कसरी आफ्नो लक्ष पछ्याउने र आफैमा विश्वास गर्दा कसरी ठूलो सफलताको नेतृत्व गर्न सकिन्छ भन्ने कुराको प्रमुख उदाहरण हुन । उनले आफ्नो करियर न्यूज एन्करका रूपमा सुरु गरिन तर उनको वास्तविक लक्ष टक शो थियो । उनी अन्ततः आफ्नै टक शोका साथ आइन्, जसले निकै ठूलो सफलता पायो र उनलाई स्टारडममा पुर्‍यायो । त्यस अघि कुनै टक शो यति सफल हुन्छ भनेर कसैले कल्पना पनि गरेको थिएन ।

ओपराको सफलता आफ्नो लक्ष पछ्याउने र आफ्ना क्षमताहरूमा भरोसा गर्नेहरुका लागि ठूलो उदाहरण हो ।

जेफ बेजोस, अमेजन -ग्राहकहरूका लागि भ्यालु क्रीएट गर्ने काममा फोकस गर्नुहोस् । जेफ बेजोसले अमेजनको स्थापना विश्वको सबैभन्दा ग्राहक(केन्द्रित कम्पनी बनाउने लक्ष्यका साथ गरेका थिए। उनले के बुझेका थिए भने कि यदि उनले ग्राहकहरूलाई भ्यालु दिन सके भने अरू सबै कुरा आफै ठिक हुनेछ । बेजोसको कस्टमर फर्स्ट निति अमेजनको सफलताको प्रमुख रहस्य हो र यो सबै उद्यमीहरूले ध्यान दिनु पर्ने पाठ हो। यो पाठ प्रत्यक्ष रूपमा हरेक उद्योगमा लागू हुन्छ। धेरै मानिसहरू निश्चित रूपमा यो मान्छन् पनि तर उनीहरूको यसलाई व्यबहारमा उतार्न असमर्थ छन् ।

एलोन मस्क, स्पेसएक्स र टेस्ला -जिज्ञासु रहनुहोस् र सिक्न नछोड्नुहोस्।

एलोन मस्क आफ्नो अतृप्त जिज्ञासा र नयाँ चीजहरू सिक्ने र अन्वेषण गर्ने निरन्तर इच्छाका लागि परिचित छन्। उनले अन्तरिक्ष यात्रादेखि इलेक्ट्रिक कारसम्म विभिन्न उद्योगमा थुप्रै कम्पनी स्थापना गरेका छन् र सधैं सम्भव कुराको सीमालाई अझ फराकिलो बनाइरहेका छन् । मस्कको पाठ यहि हो कि उद्यमीहरूले कहिलै पनि सिक्न छोड्नु हुँदैन र सधैं आफ्नो वरपरको संसारका बारेमा जिज्ञासु हुनुपर्छ । उनले यस्ता परियोजनाहरू सोचे जुन कसैले सोचेका थिएनन । मानिसहरु भन्छन् पनि ( कोही यति कसरी साहसी हुन सक्छ रु

प्रतिक्रिया