यसरी तोडियो राजाको घमण्ड

एक राजा धेरै अहंकारी थिए, जब उनको जन्मदिन आयो उनले यसदिन कम्तिमा एक व्यक्तिको सबै इच्छा पूरा गर्ने निर्णय गरे । राजाको जन्मदिन पर्दा दरबारमा ठूला(ठूला कार्यक्रम गरिन्थ्यो। राज्यका सबै जनता दरबारमा आएका थिए। प्रजासँगै एक सन्त पनि राजमहल पुगे ।
जनतासँगै सन्तले पनि राजालाई जन्मदिनको शुभकामना दिए । राजाले सन्तलाई हेरेर भने कि आज म तपाईको सबै मनोकामना पूरा गर्न चाहन्छु । तपाई जे चाहनुहुन्छ माग्न सक्नुहुन्छ । म राजा हुँ र म तपाईको सबै इच्छा पूरा गर्न सक्छु । सन्तले राजाको कुरा सुने र भने- महाराज मलाई केही चाहिदैन । म यसै खुसी छु।
राजाले फेरि जोड दिएर भने- तपाई आफ्नो इच्छा बताउनुहोस्, म अवश्य पूरा गर्नेछु। राजाले सन्तको इच्छा जान्न आग्रह गर्न थाले ।
ती सन्तले बुझे कि राजा अहंकारी छन्, यसरी कुरा बुझ्दैनन्। सन्तले भने– ठिक छ राजन, मेरो यो सानो भाँडो सुनका सिक्काले भरिदेउ । राजाले भने– यो एकदमै सानो काम हो । म तुरुन्तै भर्छु । राजाले आफूसँग भएका सुनका सिक्का त्यो सानो भाँडो राखेपछि सबै सिक्का गायब भए । यो देखेर राजा छक्क परे । राजाले आफ्नो कोषाध्यक्षलाई बोलाए र खजानाबाट थप सुनको सिक्का मागे ।
राजाले त्यो भाँडोमा सिक्का हाल्दै गर्दा ती सबै गायब भैरहेका थिए। बिस्तारै राजाको खजाना खाली हुन थाल्यो तर त्यो भाँडो भरिएन । राजाले सोच्न थाले यो भ्रमको भाँडो हो, त्यसैले भरिदैन । राजाले सन्तसँग सोधे यो भाँडोको रहस्य बताइदिनुहोस् ?यो किन भरिदैन ?
सन्तले भने ( महाराज, यो भाँडा मनको प्रतीक हो। जसरी हाम्रो मन धन, पद र ज्ञानले कहिल्यै भरिदैन, त्यसरी नै यो भाँडो कहिल्यै भरिन सक्दैन ।
हामीले आफ्नो धन, पद र ज्ञानको घमण्ड गर्नु हुँदैन, किनभने यी चीजहरूले मानिसलाई कहिल्यै सन्तुष्ट तुल्याउन सक्दैनन्। यदि मनलाई सन्तुष्ट बनाउन चाहनुहुन्छ भने त्यसका लागि भगवानको आरधना गर्नुपर्छ। भक्तिद्वारा हाम्रो मन शान्त हुन सक्छ र कामनाको आसक्ति समाप्त हुन्छ । कहिल्यै घमण्ड नगर्नु र आफ्नो मनलाई भक्तिमा लगाउनु नै सन्तोषको जीवन हो । सन्तको कुरा सुनेपछि राजाले आफ्नो गल्ती महसुस गरे । उनले सन्तको अगाडि आफ्नो गल्ती स्वीकार गरे र अबदेखि घमण्ड गर्न छोड्ने वाचा लिए।
प्रतिक्रिया