शनिबार, जेठ ५, २०८१

प्रारम्भिक बाल सिकाइको महत्त्व

नेपालखोज २०८० असार ७ गते ७:५१

काठमाडौं । सिकाइ जीवनभर चलिरहने प्रक्रिया हो । बालबालिकाले पनि जीवनको सुरुआतदेखि वातावरणमा सक्रियतापूर्वक खोज अनुसन्धान गरिरहेका हुन्छन् ।

यसबाट पाएका अनुभवहरू क्षण क्षणमा थपिदै जान्छ । सिकाइ भन्नाले दैनिक अनुभव र अभ्यासद्वारा बालबालिकामा आउने परिवर्तन हो । सिकाइले बालबालिकाको धारणा, ज्ञान, सिपमा सकारात्मक परिवर्तन गरार्ई व्यक्तित्व विकासमा सघाउँछ ।

बालबालिकाले आफ्नै परिवेशमा, उमेर, क्षमताअनुरुप प्रत्येक समय विभिन्न तरिकाबाट सिकिरहेका हुन्छन् । बालबालिकाले गर्भभित्रै देखि पाँच इन्द्रियहरूको माध्यमद्वारा (आँखाले हेरेर, कानले सुनेर, नाकले सुँघेर, जिब्रोले चाखेर र हात वा छालाले छामेर) सिक्दछन् । यसरी इन्द्रियहरूको माध्यमबाट मस्तिष्कले उत्प्रेरणा पाँउछ र उक्त अनुभवहरूद्वारा पहिचान बनाउँछ । त्यसैले पाँच इन्द्रियहरूलाई सिकाइका ढोकाहरू पनि भनिन्छ ।

मस्तिष्क स्नायु प्रणाली विकास सम्बन्धी अनुसन्धान प्रतिवेदनमा उल्लेख भएअनुसार गर्भमा नै सुनाइ र दृष्टिको विकास सुरु भई जन्मेर पहिलो वर्ष भित्र उच्चतम विकास भइ सक्छ । तर, सिकाइ जन्म लगत्तै सुरु हुन्छ ।

शिशु बालबालिकाले आफ्नो आवश्यकता र क्षमताअनुसार सिक्दै जान्छन् । मस्तिष्क विकाससम्बन्धी अनुसन्धानअनुसार बच्चा जन्मदा मस्तिष्क विकास भईसकेको हुन्छ तर मस्तिष्कमा भएका सम्पूर्ण स्नायु कोषहरू एकअर्कोमा जोडिइसकेको हुँदैन । बच्चा जन्मँदा २५५ मात्र स्नायुहरूको सञ्जाल बनेको हुन्छ ।

बच्चा जन्मेपछि सिकाइ अनुभवको आधारमा यी स्नायु कोष (न्युरोन) एक अर्कोसँग जोडिदै सञ्जाल निर्माण हुने कार्य अति छिटो हुने गर्छ । जन्मेदेखि ३ वर्षभित्रमा मस्तिष्कमा भएका कोशिकाहरू करीब ७५५ स्नायुहरू एक अर्कोमा जोडिदै अनुभवको सञ्जाल निर्माण हुन्छ ।

यसबाट जीवनभरको सिकाइ क्षमता निर्धारण हुन्छ । शिशुले सिकेका अनुभवहरू मस्तिष्कमा सञ्चित हुन्छन् र कोशिकाहरू जोडिँदै जान्छन् । मस्तिष्क विकास हुनका लागि पोषिलो खाना, तनावमुक्त वातावरण र उत्प्रेरणा अति आवश्यक हुन्छ ।

विभिन्न प्रकारका सिकाइ

प्रसिद्ध मनोवैज्ञानिक रोबर्ट गाग्नेको सिकाइ श्रृखंलाघढ अनुसार समस्या समाधान गर्नसक्ने सिकाइ उच्च स्तरको सिकाइ हो । जुन प्रारम्भिक उमेरका बालबालिकाको सिकाइको लागि अभिभावकले बुझ्नु आवश्यक छ । उनकाअनुसार सिकाइ निम्न प्रकारका छन् :

साङ्केतिक सिकाइः जसमा बालबालिकाले कुनै पनि आवाजहरू सुनेर वस्तुको पहिचान गर्न वा
चिह्नहरू देखेर यसको अर्थ पहिचान गर्न, अक्षरहरूको पहिचान गर्न सक्छ ।

उत्तेजना र प्रतिक्रियाः यसप्रकारको सिकाइ बालबालिकाले स्यावासी पाउँदा फुक्र्याउँदा, रमाएर गर्ने क्रियाकलाप हो । जस्तैः अघिपछि, सामान ठिक ठाउँमा नराख्ने तर फुक्र्याउँदा राख्ने उत्तेजनात्मक सिकाइ हो ।

श्रृङ्खला सिकाइः यसप्रकारको सिकाइ बालबालिकाले पहिले सिकेको सिकाइलाई संम्झेर यसैमा जोडेर थप सिकाइ गर्न सक्ने हो । जस्तैः स्याउको स्वाद कस्तो हुन्छ भनेर स्याउ देखेपछि मात्र सम्झने सिकाइ श्रृङ्खला सिकाइ हो ।

शाब्दिक सहचार्यः यस खालको सिकाइ कुनै पनि वस्तुको प्रयोग गर्ने तरिका बताएपछि मात्रै बालबालिकाले यसलाई समन्वय गर्न सक्छन् । जस्तैः कुटोले खन्ने काम गर्छ भनेपछि मात्र यसको प्रयोग गर्न सक्छन् ।

बहुविभेदीकरण सिकाइः यसप्रकारको सिकाइमा बालबालिकाले विभिन्न किसिमका वस्तुहरूमा गुण, रङ, स्वाद, आकार तथा अन्य विशेषताको आधारमा समानता र भिन्नता छुट्याउने जोडा मिलाउन, सक्नु हो ।

धारणात्मक सिकाइः बालबालिकाले कुनै पनि वस्तुलाई विष्तृतरूपमा बुझेर अवधारणाहरू मस्तिष्कमा राख्नु हो । जस्तै कुकुरको बारेमा कुराकानी गर्दा बालबालिकाले कुकुर कहाँ बस्छ, के खान्छ रु आकार कस्तो छ रु कसरी कराँउछ रु के काम गर्छ आदि बताउन सक्नु वा जानकारी हुनुलाई अवधारणात्मक सिकाइ भनिन्छ ।

सैद्धान्तिक सिकाइः बालबालिकाले विभिन्न वस्तुको एकअर्कासँगको सम्बन्ध पहिचान गर्न सक्नु, प्रस्तुत गर्न सक्नुलाई सैद्धान्तिक सिकाइ भनिन्छ । जस्तैः आकाशमा बादल लाग्यो भने पानी पर्ने सम्भावना हुन्छ । घाम अस्ताएपछि भने अँध्यारो हुन्छ, भन्ने थाहापाउने, अन्दाज गर्ने यसमा पर्छ ।

समस्या समाधानः बालबालिकाले कुनै पनि समस्या बुझेर यसलाई के के गरेमा सो समाधान गर्न सकिन्छ भनेर पत्ता लगाउने, योजना बनाउने र समाधानको गर्ने सिकाइ उच्च स्तरको सिकाइ हो ।

नोटः बालबालिकाले अक्षर कण्ठ गरेर सिक्दा सिकाइको पहिलो चरण साङ्केतिक सिकाइमा मात्र हुन्छन् भने योजना बनाउन लगाउने, समस्या समाधानको उपाय खोज्न लगाउनाले बालबालिकामा उच्चस्तरको सिकाइ हुन्छ ।

स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया