जिल्ला अदालत काठमाडौंका न्यायाधीश भट्टराईले दिए राजीनामा
नेपालखोज
२०८० असार ११ गते १५:३७

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्याधीश श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन्।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरी गरेकाले नैतिक रूपमा आफू मातहत बस्न नमिल्ने भन्दै उनले सोमबार राजीनामा बुझाएका छन्।
उनले प्रधानन्यायाधीशमा कार्की नियुक्ति भएपछि आफूले धेरै सोच विचार गरेको पनि बताए। तर न्यायालय सुध्रिने लक्षण नदेखिएपछि आफूले राजीनामा दिने निष्कर्षमा पुगेको उनले बताएका छन्।
बाहिरै बसेर न्यायालय सुधारको लागि काम गर्ने पनि उनले बताएका हुन्।
सम्बन्धित
प्रतिक्रिया