शनिबार, वैशाख २२, २०८१

लक्ष्य पूरा भएन भन्दै कर्मचारीलाई काँचो करेला ख्वाइयो

नेपालखोज २०८० असार १२ गते ११:२०

काठमाडौं । लक्ष्य पूरा नगरेको भन्दै एक कम्पनीले आफ्ना कर्मचारीलाई यस्तो कारबाही गरेको छ जुन अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

जब मानिसहरूले यो सजायको बारेमा सुने तब उनीहरू आक्रोशित भए र कम्पनी तथा त्यसका मालिकलाई गाली गर्न थाले। अहिले संसारभरका कार्यालयमा कर्मचारीहरू माथि टार्गेटको दबाब धेरै छ। यदि कर्मचारीहरूले लक्ष्य पूरा गर्न सकेनन् भने उनीहरूले मालिकको गालि सुन्नुपर्छ ।

कर्मचारीहरूले त्यो सबै सहन गर्छन् किनभने यो उनीहरूको जागिरको सवाल पनि हो तर, लक्ष्य पूरा नगरे कर्मचारीलाई अनौठो सजाय दिँदा के हुन्छ रु चीनको जियाङसु प्रान्तको एउटा कम्पनीमा यस्तै घटना भएको छ ।

त्यहाँ एउटा कम्पनीमा काम गर्नेहरुले आफ्नो लक्ष्य पूरा गरेनन् भनेर मालिकले उनिहरुलाइ काँचो करेला खाने सजाय दिए । कम्पनीमा काम गर्ने अर्का कर्मचारीले उक्त घटनाको भिडियो रेकर्ड गरी सामाजिक सञ्जालमा राखेका थिए ।

त्यसपछि अहिले सामान्य मानिसहरूले त्यो कम्पनी र त्यसका मालिकलाई गाली गरिरहेका छन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यो मामिला चीनको सुझाउ दानाओ फाङचेङ्शी नामक सूचना परामर्श कम्पनीसँग सम्बन्धित छ। यो कम्पनी शिक्षाको व्यापार गर्ने कम्पनी हो जुन चीनको प्रसिद्ध कम्पनी मानिन्छ। पछिल्लो समय यो कम्पनीमा काम गर्ने कर्मचारीहरुले लक्ष्य पूरा नभएको भन्दै काँचो करेला खाने सजाय पाएका छन् ।

भाइरल भैरहेको भिडियोमा कम्पनीका दर्जनौं कर्मचारी काँचो करेला खाइरहेका देखिन्छन । कम्पनीले कर्मचारीको सहमतिमा सजायको निर्णय गरिएको र भिडियोमा कर्मचारीहरुले पनि यो कुरालाइ पुष्टि गरेको बताएको छ ।

कम्पनीले त्यसो गर्नुको कारण पनि बताएको छ – काँचो करेला कसैले खाने यो सजायपछि कर्मचारीहरुले थप मेहनत गरेर आफ्नो लक्ष्य हासिल गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरुले कम्पनीका कर्मचारीको पक्ष लिदै कम्पनी र त्यसका मालिकलाई गाली गरिरहेका छन् । मानिसहरू भन्छन् -विभिन्न कम्पनीहरूले आफ्ना कर्मचारीहरू प्रति दास जस्तै व्यवहार गरिरहेका छन्। यसैगरी केही मानिसले भनेका छन् – चीनमा यो सब सामान्य कुरा होल। कतिपय कम्पनीमा लक्ष्य पूरा नगरेकोमा कर्मचारीहरूले एकअर्कालाई थप्पड हान्ने सजाय पाउँछन् ।

प्रतिक्रिया