क्रोध आफ्नै लागि हानिकारक

गौतम बुद्धको उपदेश : अगाडिको मान्छेले रिसाएर आफ्नो हानि गर्छ र हामी पनि रिसाए भने हानि पनि हुन्छ । क्रोध यस्तो दुष्ट कुरा हो, जसका कारण हाम्रो सोच्ने शक्ति समाप्त हुन्छ। त्यसैले यो दुष्टबाट बच्नुपर्छ ।
एकै समयमा दुई जना रिसाएपछि झगडा बढ्छ । जब अर्को व्यक्ति रिसाउँछ, हामी शान्त रहनुपर्छ। यो कुरा हामीले गौतम बुद्धको एउटा कथाबाट पनि बुझ्न सक्छौँ ।
गौतम बुद्धको उपदेश सुन्न दिनहुँ एक जना मानिस आउँथे । उनी बुद्धबाट यति प्रभावित भए कि अब उनले बुद्धकै सेवामा लाग्ने निर्णय गरे । ती व्यक्ति प्रतिष्ठित परिवारका थिए। भिक्षु बनेपछि उनको घरमा कोलाहल मच्चियो । उनका एक जना आफन्त यसबाट निकै रिसाए । बुद्ध उपदेश दिइरहेका थिए, धेरैले उनलाई सुनिरहेका थिए । त्यति बेलै त्यो व्यक्ति रिसाएर बुद्धकहाँ पुगे । ती क्रोधित व्यक्ति बुद्धलाई गाली गर्न थाले ।
उसको गाली सुनेर बुद्धको उपदेश सुन्न बसेका मानिसहरू बेचैन भए। रिसाएर त्यो व्यक्तिले बुद्धलाई गाली पनि गरेको थियो । दुर्व्यवहार गर्ने व्यक्ति केही समयपछि थकित भयो । त्यसपछि बुद्धले सोध्नुभयो, तिमीले भन्न खोजेको कुरा पूरा भयो ?
त्यो व्यक्तिले हो , पुरा भयो भनेपछि बुद्धले ऊसँग सोध्नुभयो कि, तिम्रो घरमा पाहुना आए के गर्छौ ?
त्यो व्यक्तिले भन्यो – हामी पाहुनालाई स्वागत-सत्कार गर्छौँ। पाहुनालाई स्वागत नगर्ने पनि कोही हुन्छ ?
बुद्धले फेरि सोध्नुभयो– घरमा आएको मानिसलाई केही उपहार दिँदा उसले स्वीकार गरेन भने त्यो चिज कहाँ जान्छ ?
त्यो व्यक्तिले भन्यो कि त्यो चीज हामीसँगै रहन्छ ।
बुद्धले भन्नुभयो – तिमी मेरो पाहुना हौँ । तिमिले अहिले मलाई दिएको कुरा मैले स्वीकार गरेको छैन। तिमीले दिएका सबै गाली र अपशब्द मैले स्विकारेको छैन भने त्यो कहाँ गयो ? त्यो गाली र अपशब्द तिमि सँगै रह्यो हैन ?
बुद्धको वचन सुनेर त्यो व्यक्तिको क्रोध शान्त भयो।
गौतम बुद्धको शिक्षा : यदि कसैले हामीलाई गाली गर्छ, नराम्रो बोल्छ भने हामी शान्त रहनुपर्छ। त्यस्ता कुरालाई पटक्कै स्वीकार गर्नु हुँदैन, किनभने यदि हामीले त्यस्ता कुराहरू स्वीकार गर्यौँ भने हामीलाई पनि रिस उठ्छ। अगाडिको मान्छे रिसाए उसले आफैलाई हानि गर्छ, यदि उसको कुरा सुनेर हामी पनि रिसाए हाम्रै हानि हुन्छ । त्यसैले हामीले रिसलाई नियन्त्रण गर्नुपर्छ र शान्त पूर्वक अरूको क्रोधको सामना गर्नुपर्छ।
प्रतिक्रिया