शनिबार, वैशाख १५, २०८१

गोडरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक

नेपालखोज २०८० असार १८ गते १२:०९

काठमाडौं । ६५ बर्षको लामो ईतिहास बोकेको ईन्डियाको नम्बर १ रेफ्रिजीरेटर ब्रान्ड गोडरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ । गोडरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।

गोडरेज इन्भर्टर एसीमा एन्टी भाईरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर रहेको हुनाले यस एसीले अनावश्यक प्रदुषण, किटाणुहरु ९९ दशमलव नौं प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ्य पार्दछ । यस एसी आर ३२ इको रेफ्रिजीरेन्ट भएको र ५२ डिग्री सम्मको तापक्रममा पनि कूलिङ गर्न सक्ने क्षमता रहेको छ ।

टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित यस एसीले विजुली बचत गर्नुका साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ । गोडरेजको यस एअर कन्डीसनरमा १० बर्ष को इन्भरटर कम्प्रेसर वारेन्टी रहेको छ ।

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ । नेपाल अधिराज्यभर गोडरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेत सञ्जाल र अनलाइन सपिङ साईट मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गठ्ठाघर, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् भने ४० भन्दा बढी नेपालभरी छरिएका सर्भिस सेन्टरहरुबाट उत्कृष्ट बिक्री पश्चात सेवा पनि प्रदान गरिरहेको जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया