राष्ट्र बैंकद्वारा पुुनः २७ अर्ब ६० करोड रुपैयाँँको ट्रेजरी आव्हान

नेपालखोज २०८० असार २४ गते १९:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः २७ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने असार २६ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको आठ अर्ब ६० करोड रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने बि.सं. २०८० साउन २३ गते, बि.सं. २०८० असोज २३ गते, बि.सं. २०८० पुस २४ गते र बि.सं. २०८१ असार २६ गते तोकिएको छ । यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।

यसअघि यही असार १८ गते पनि राष्ट्र बैकले २९ अर्ब २६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया