शनिबार, असार ७, २०८२

विनियोजन विधेयकमाथि छलफल गर्न राष्ट्रियसभाको बैठक बस्दै

नेपालखोज २०८० असार २६ गते ६:०१

काठमाडाैं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । आजकाे बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरूमध्ये आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमा छलफल हुनेछ । 

प्रतिक्रिया