शनिबार, वैशाख १३, २०८२

मेरो बिरामी देश

राम योन्जनञगाउँले २०८० असार ३० गते ८:१३

भाइरसले आक्रान्त
मेरो बिरामी देशसँग म सन्चो हुन सकिनँ।

चलिरहेछ-रोगहरूको महाधिवेशन।

आतुर छन् निकाल्न-
नयाँनयाँ खतरनाक भेरियन्ट ओमिक्रोन झैँ ।

याद छ उनीहरूलाई- नेतृत्व कम्जोर भएको,
याद छ उस्तै- संगठन मजबुत नभएको,
हरेकलाई आभास छ- आफ्नो गुट नफष्टाएको
तर याद छैन-
मेरो देश कम्जोर भएको,
मेरो राष्ट्रियता खतरामा उभिएको।

म रोगी छु-
तर पनि देशको रोगसँग लडिरहेछु१
उता फेरि झुपडीमा बसेर भोकसँग लडिरहेछु।

हरेक महाधिवेशनबाट
नयाँ रोगहरू जन्माएर मनाइरहेछन् जन्मोत्सव

जो यहाँ बाटोसँग सम्बन्ध बिच्छेद गर्छ
तर बुर्कुसी मारेर हिँडिरहन्छ,
जो यहाँ माटोबाटै उमृएकाहरू
चुपचाप छन् माटोलाई अपरिचित ट्याग झुन्ड्याएर।

म परिचित बिरामी छु- मेरो बिरामी देशसँग।

अब मेरो चुनौती
तुरुन्तै रोग निकाल्नु छ यो देशबाट
र सँगसँगै भोक निकाल्नु छ यो देशबाट।

यो देश डाक्टरहरूको होईन,
यो देशलाई-
हस्पिटलहरूको आफ्नो भन्न पाउने अधिकार सकियो
र यो देश-न्यायालयको आफ्नो हुन सकेन।

म थलिएको यो देशसँगै-
चरम अभावसँगर आकाशिएको महङ्गीसँग,
र दुरुपयोग शक्तिको अहंकारसँग
वर्षौंदेखि सोचिएको भन्दा बढी थलिएको छु।

बस् मैंसँग मात्रै छ- मेरो बिरामी देश।

प्रतिक्रिया