एसीसी इमर्जिङ टिम्स एसिया कप : यूएई ‘ए’ विरुद्ध खेल्दै नेपाल

नेपालखोज २०८० साउन ३ गते ७:१९

काठमाडौं ।  नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा आज यूएई ‘ए’ विरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार बिहान १०ः १५ मा पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ ।

समूह बी मा रहेका नेपाल र यूएई ‘ए’ दुबै समूह चरणबाट बाहिरी सकेका छन् । यद्धपी, आज प्रतिस्ठका लागि दुवै टोली आज एक अर्कासँग आमुने सामुने हुनेछन् । 

नेपाल आफनो पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ‘ए’सँग ९ विकेटले पराजित हुनु परेको नमिठो पिडासहित मैदानमा उत्रन लागेको हो भने यूएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

यूएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर नेपालसँग आज प्रतिस्पर्धामा उत्रन लागेको हो ।

प्रतिक्रिया