यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०१ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १७१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४८ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९० पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ०६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया