सुन लसुन हुन्छ
अर्जुन पराजुली
२०८० साउन ४ गते १०:५७

एयरपार्टेमा सुन
तिनीहरुको देशमा पनि भेटिन्छ
मेरो देशमा पनि भेटिन्छ
तिनीहरुको देशमा
आज बेलुका भेटिएको सुन
भोलि विहान हेर्दा पनि सुन नै हुन्छ
मेरो देशमा आज बेलुका भेटिएको सुन
भोलि विहान हेर्दा लसुन हुन्छ ।

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया