शनिबार, असार २१, २०८२

घट्यो नेप्से

नेपालखोज २०८० साउन ४ गते १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से घटेको छ । अघिल्लो दिन ११ दशमलव १७ अंकले बढेको नेप्से आज एक दशमलव ३१ अंकले घटेर २१ सय ६३ दशमलव ९२ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव शुन्य पाँच अंकले बढेर चार सय १० दशमलव ५२ अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय ६४ वटा कम्पनीहरुको ५४ हजार नौं सय ५४ पटकको कारोबारमा ८४ लाख २४ हजार एक सय आठ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब पाँच करोड २४ लाख १० हजार छ सय ५९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा पाँच वटा समुहको सूुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सूुचक एक दशमलव २५ अंकले बढेर १३ सय १४ दशमलव ७४ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सूुचक १० दशमलव ९६ अंकले बढेर चार हजार ८१ दशमलव शुन्य एक अंकमा पुगेको छ ।

जलबिद्युत समुहको सूुचक पनि २२ दशमलव ३८ अंकले बढेर २३ सय ९४ दशमलव शुन्य नौं अंकमा चढेकोमा उत्पादनमुलक र ट्रेडिङ समुहको सूुचक पनि क्रमशः ८२ दशमलव शुन्य दुई र एक सय ७७ दशमलव ६६ अंकमा पुगेको छ । फाईनान्स समुहको सूुचक भने आज १५ दशमलव ६९ अंकले घटेर १९ सय ५६ दशमलव ४१ अंकमा झरेको छ भने जीवन बीमा समुहको सुचक एक सय २२ दशमलव शुन्य छ अंकले घटेर १२ हजार एक सय २२ दशमलव शुन्य दुई अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समुहको सूुचक पनि एक सय ३२ दशमलव शुन्य सात अंकले घटेर ११ हजार पाँच सय ९४ दशमलव ७३ अंकमा झरकोमा होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सूुचक पनि क्रमशः २१ दशमलव ४६, शुन्य दशमलव ३२, २५ दशमलव २९ र सात दशमलव ५५ अंकले घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर चार हजार एक सय एक रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिटिजन्स म्युचुअल फण्ड २ को प्रतियुनिट सेयर मुल्य १० प्रतिशतले घटेर नौं रुपैंयाँ ३५ पैसामा कारोबार भएको छ ।

शिवम सिमेन्टको भने आज प्रतिकित्ता छ सय ३५ रुपैंयाँ अन्तिम मुल्यमा १४ करोड २३ लाख १७ हजार ८७ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया