मंगलबार, जेठ १, २०८१

शिक्षा, संस्कार र विकास

कृष्ण कॅंडेल २०८० साउन ६ गते ६:१०

हरेक प्राणीको पहिलो गुरू आमा हो ।मान्छे त झन सर्वश्रेष्ठ प्राणी ।उसले आफ्ना सन्तानलाई दिने शिक्षा,दिक्षा र संस्कारले ठूलो अर्थ लाग्छ । त्यो व्यक्ति कुन संस्कारमा हुर्केको छ ,कुन परिवेशमा हुर्केको छ ।उसको परिवेश उसको लागी मार्ग दर्शक भै रहेको हुन्छ । शुरूमा उसको पथ प्रदर्शक आमा ,त्यसपछी उ वस्ने समाज ,त्यसपछी छर छिमेक नाता गोता कुल कुटुम्ब यी सवैको मह्त्वपूर्ण भूमिका हुन्छ त्यो व्यक्तिको सर्वांगिण विकासको लागि ।

स्कूल र गुरूहरू बच्चा हिंडन सक्ने र बोल्न सक्ने भएपछी चाहिन सक्छ । त्यसो त आज पनि करोडौं बाल बच्चाहरूले स्कूल देख्न पाएका छैनन् । कतिपय देशमा छात्रले मात्र स्कूल देख्न पाउँछन् छात्राले पाउंदैनन् ।कतिपयले घरको आर्थिक अवस्थाको कारण प्राथमिक शिक्षा पछी अघी बढ्न सक्दैनन्। हाम्रै देशमा पनि छोरा र छोरीमा ठूलो विभेद छ । खासगरी तराई मधेश र सुदुरपश्चिमका विकट गाऊॅंमा छोरालाई सामान्य लेख पढ गराए पनि छोरीलाई स्कूल पठाउने चलन निकै कम छ । २१ औं शताब्दीमा पनि हाम्रो समाज अझै धेरै पछी छ । आर्थिक रूपमा त पछी थियौं थियौं , मानसिक रूपमा पनि हामी दरिद्र देखीयौं ।

हाम्रा चाड पर्व आउंछन् कहिले दुर्गा पुज्छौं कहिले देवी पुज्छौं । विभिन्न देवीका मन्दिर जान्छौं ।शरणागत परेर विभीन्न मनोकामना देवीका चरणा खन्याउछौं ।तर घर फर्केपछी आफ्नी जन्मदिने आमा ,छोरी ,दिदी वैनी ,जीवनको लामो यात्रामा सहयात्री बनेर आएकी श्रीमती प्रति गर्ने हाम्रा व्यवहार फरक हुन्छन किनरु यो प्रश्न हाम्रो समाजलाई हो ,समग्रमा भन्नुपर्र्दा सवै पुरूषहरूलाई हो । त्यसो त कतिपय मुश्लिम देश र मुश्लिम समाजमा आज पनि महिलाहरू दोस्रो दर्जाका नागरिक मानिन्छन् अझ भनौं तिनीहरूलाई मान्छेनै गनिदैन्।

स्वास्नि मान्छेले पढ्न हुंदैन भन्ने मान्यता केही बर्ष अघी सम्म हिन्दु समाजमा पनि थियो । आज पनि नेपालका सुदुर गाऊॅं जहां विपन्न परिवार वस्छन् त्यहां छोरी पढाउने चलन कम छ पढाईहाले पनि ३र४ कक्षा नपुग्दै स्कुल पठाउन बन्द गर्ने गरिन्छ ।भारतिय समाजमा पनि छोरीलाई भन्दा छोरा लाई बढी महत्व दिईन्छ ।यतिवेला भारतिय सरकारले ‘छोरी पढाउ अभियानै संचालनमा ल्याएको छ । त्यसको राम्रो प्रभाव परेको छ । नेपालमा पनि विस्तारै छोरी पढाउने अभियानमा विभीन्न संस्थाहरू लागी परेका छन् । सरकारले छोरी पढाउ अभियानलाई जुनरूपमा अभिभावक्तव ग्रहण गर्नु पर्थ्यो त्यो देख्न पाईएको छैन ।’

पढाउन त पढाउने कस्तो शिक्षा पढाउने रु कुन संस्कार दिने रु यस वारे हामीले कहीलै गंभिर भएर सोचेका छौं ।अंग्रेजी अन्तर्राष्ट्रिय वोलीचालीको भाषा हो त्यसको उच्च सम्मान गर्नै पर्छ तर त्यसको अर्थ यो होईनकि हामी ले हाम्रो भाषा ,संस्कृति ,संस्कार सवै बिर्सन मिल्ला र रु संसारका प्राय सवै मानव जातीले आआफ्नो धर्म ,रितीरिवाज,संस्कृति र संस्कार लाई जोगाउंदै हिंडेको पाईन्छ ।कतिपय मुलुकमा अंग्रेजी भाषा “अप्सनलमा “पनि राखिएको छ । बहुसंख्यक जापानी , फ्रान्सेली र चिनीयाहरूले अंग्रेजी नजाने पनि प्रगति त राम्रै गरेका छन् त ।कतिपय मुलुकका जनताले विश्वस्तरमा खुला प्रतिस्पर्धामा भागलिन अंग्रेजी भाषालाई आत्मसात गर्ने तर आफ्नो धर्म संस्कृतिर परंपरालाई संसारका जुनसुकै कुनामा बसेपनि संरक्षण गर्न लागी परेको देख्न सुन्न पाईन्छ ।

हाम्रो शिक्षा व्यवहारिक भन्दा बढी सैद्धान्तिक भैरहेको छ ।शिक्षाले मानिसलाई कोमल ,दयालु र कर्मशिल बनाउन पर्ने हो तर नैतिकता हराउंदै गएको समाजमा हाम्रा नानीहरू कति नैतिकवान छन् त रु हामीले नैतिक शिक्षा घर ,टोल ,समाज , स्कूल ,विश्वविद्यालयमा पुर्याउन सकिरहेका छौं त रुयस तर्फ कहिलै विचार विमर्श गरेका छौं ।कतै हामीले तितेपाते रोपेर गुलाव को वास्नाको अपेक्षा त गरिरहेका छैनौं रुउम्रने त जे रोप्यो त्यही होलानि त हजुर ?

तपाई जुनसुकै धर्म वा संप्रदायको हुनुहोस आफ्ना नानीहरूलाई मानवता ,विवेक ,प्रेम र शान्तिको पाठ पढाई रहनुभयो भने त्यसको सकारात्मक प्रभाव देश र समाजमा अवस्य पर्छ । हो प्रतिस्पर्धा अवस्य चाहिन्छ तर त्यो स्वस्थ्य र संपूर्ण प्राणीको हितमा हुनपर्छ ।आज विकासका नाममा भएको अस्वस्थ प्रतिस्पर्धाले संसार विध्वंसको बाटोमा अघी बढीरहेको छ ।आणविक अस्त्रको होडवाजी दिनप्रतिदिन बढीरहेको छ ।हाम्रो विज्ञानले के विर्सेको छ भने हजारौं बर्षअघी पनि उनन्त प्रविधीहरू प्रयोगमा थिए ।ति सवै वातावरण मैत्री थिए ।तर अहिलेको प्रविधीले प्रकृतिको दोहन गरिरहेको छ ।

यसैको कारण हाम्रा सन्ततिको भविस्य सुरक्षित छैन ।चन्द्रमा मा मानव वस्ति बसाउने सोचमा रहेको वैज्ञानिक चिन्तनले मानवीय पक्षलाई भने नजर अन्दाज गरेको आभाष हुन्छ ।स्वास्थ्य क्षेत्रमा ब्यापक विकास भएको छ ।स्वचालित यन्त्रबाट शल्यक्रिया हुन थालेको छ तर हाम्रो स्वास्थ्य अवस्था दिनप्रतिदिन खस्कदो छ । नानीहरू जन्मदै सुस्त मनस्थितिका र उमेर पुगेका मानिसहरू ‘डिप्रेसन’को शिकार हुने क्रम बढ्दो छ ।

आर्थिक विकास ले मानिसको आय त बढाएको छ तर मन को शान्ति घटेको छ ।समय हेर्न करोडौं पर्ने घडी उत्पादन गर्न सक्षम छ वैज्ञानिक तर समय उसको नियन्त्रणमा छैन ।तसर्थ हामीले हाम्रा भावी सन्ततिलाई त्यस्तो शिक्षा दिउं जुन शिक्षाले अरूलाई घात नगरी जीवन जीउने कलाले दिक्षीत वनाओस ।आडम्वरी होईन असल मान्छे हुन सिकाओस ।सभ्य र सुसंस्कृति विश्व निर्माण गर्न सिकाओस् ।

प्रतिक्रिया