जीवन के हो ?

जीवन के हो ? भनेर प्रश्न गरियो भने प्रायःको आ-आफ्नै तरिकाको मौलिक उत्तर हुन्छ । मानिसहरूले यो दुनियाँमा आउनुको उदेश्य पनि भिन्न भिन्न तरिकाले भन्लान् ।
तर मलाई जीवनको वास्तवमा कुनै उदेश्य हुँदैन जस्तो लाग्छ।उदेश्य चाहिँ मनुष्यले आ-आफ्नो सुबिधाको लागि समय र परिस्थिति अनुसार निर्माण आफैं गर्दछ। जुनदिन यो कुरा गहिरो संग बुझिन्छ त्यो दिन धेरै दु:ख र टेन्सनहरु समाप्त हुन्छ ।
किनभने तपाइँ हाम्रो प्रायः दु:ख र चिन्ताहरुको कारण अपेक्षाहरुमा निर्भर रहनु हो। हामिहरु हरेक कुराहरुमा , हरेक सम्बन्धहरुमा , हरेक चिजहरुमा त्यस्को उदेश्य र फाइदाको अपेक्षा खोज्छौं । जुनदिन यी कुराहरु खोज्दैनौ त्यो दिन शान्तिको अनुभव हुन्छ । मलाई लाग्छ धेरै जसो टेन्सनहरु पैसा , पद र प्रतिष्ठाको अपेक्षा नै हो ।
धेरैजसो मानिसहरू आफूलाई बुद्धिमान र बाठाे सम्झिन्छन । त्यस्ता मानिसहरु आफ्नो अन्तिम जीवन कालसम्म पनि जीवनको उदेश्य र सो प्राप्तिको अपेक्षा राखी भौतारि रहेका हुन्छन ।
त्यो बेला उनिहरु यो कुरा बिर्सिछन कि मनुष्यको जन्म बिना उदेश्य यो पृथ्वीमा भएको हो। अचेल मानिसहरु आफ्नो निजि अपेक्षाहरु परिपुर्ति गर्न रास्ट्रको, रास्ट्रियताको लोकतन्त्रको,धर्मको समाजको ,संस्कृतिआदिको नाउँमा भनेर एक आप समा लडाइँ झगडा गरेको देखेर मलाई दिक्क लाग्न थालेको छ ।
अन्त्यमा, जीवन आफैं सुन्दर छ । जीवनलाई धेरै उदेश्यपूर्ण बनाइयो भने दु:खहरु निम्तिन्छ र कुरूप बन्छ जस्तो मलाई लाग्छ । सुखको खोज र भागदौडमा हामी कहिलेपनी शान्तिपूर्ण र आनन्दमय जीवन बाँच्न सक्तैनौ ।
प्रतिक्रिया