शनिबार, वैशाख १३, २०८२

रेग्मी र न्यौपाने दधिराज सुवेदी पुरस्कारबाट सम्मानित

नेपालखोज २०८० साउन ६ गते १२:२६

श्री दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार सनत रेग्मीलाई र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई विराटनगरमा समर्पण गरियो ।

उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि माननीय युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बूले प्रदान गरेका थिए १ पुरस्कारको राशि क्रमशस् एकाउन्न हजार र पचिस हजार रहेको छ ।

दधिराज सुवेदी नेपाली भाषा साहित्यको क्षेत्रमा परिचित र प्रतिष्ठित नाम हो । सो कार्यक्रममा माननीय सभासदद्वय केदार कार्की , ॠषिकेश पोखरेल, उद्योगपति राजेन्द्र राउत, नेकपा समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मी ,प्राज्ञ गंगा सुवेदी विवश पोखरेल लगायतले दधिराज सुवेदीको साहित्यिक योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य प्रकट गरेका थिएभने पुरस्कृत स्रष्टाद्वयको परिचय कवि चूडामणि नेपाल झ अकिन्चनञ र पत्रकार कुमार लुइँटेलले दिएका थिए ।

सम्मानित स्रष्टालाई समर्पण गरिएको सम्मानपत्र , रूपकराज सुवेदी , इन्दु सुवेदीले वाचन गरे भने अतिथिको स्वागत प्रतिष्ठानका उपाध्यक्ष शरदराज सुवेदीले कार्यक्रम सन्चालन प्रतिमा निरौलाले गरेकी थिइन् । सम्मानित स्रष्टाहरूले विगत र वर्तमानमा आफ्नो साहित्यिक र पत्रकारिता क्षेत्रमा गरेको कार्यबारे प्रकाश पारेका थिए ।

कार्यक्रम प्रतिष्ठानका सभापति विवश पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो । समालोचक साहित्यकार दधिराज सुवेदीका पुत्रद्वय शरदराज सुवेदी र रूपकराज सुवेदीले पिताजीको नाममा राखेको पन्द्र लाख अक्षयकोषको ब्याजबाट उक्त पुरस्कार समर्पण गरिन्छ । यो पुरस्कार हरेक वर्ष प्रदान गरिन्छ ।

प्रतिक्रिया