किन हुन्छ अधिक मास

साउन २ गतेदेखि अधिकमास सुरु भएको छ जुन साउन ३१ गतेसम्म रहनेछ । हिन्दू क्यालेन्डरको यो अतिरिक्त महिनाले अक्षय पुण्य दिने विश्वास गरिन्छ । तीन वर्षमा आएको यो अधिकमासमा स्नान र दानका साथ भगवान विष्णुको आराधना गर्नाले अतुलनीय पुण्य मिल्छ । यो समयमा ब्रजको यात्रा गर्दा सबै तीर्थको यात्रा गरेजत्तिकै पुण्य फल मिल्छ भन्ने कुरा पुराणमा उल्लेख छ ।
सौर्य र चन्द्र पात्रोको गणना अनुसार सौर्य वर्ष ३६५ दिन ६ घण्टाको हुन्छ भने चन्द्र वर्ष ३५४ दिनको हुन्छ । यी वर्षमा ११ दिनको अन्तर छ त्यसैले हरेक ३ वर्षमा पुरुषोत्तम महिना आउँछ जसले यो कमीलाई पूर्ति गर्छ ।
पुरुषोत्तम महिनामा ब्रजमा सबै तीर्थको वास हुने भएकाले यतिबेला ब्रजको दर्शन गर्नाले सबै तीर्थस्थलको भ्रमणको पुण्य प्राप्त हुने जनविश्वास छ । यो महिना खासगरि ‘ओम नम स् भगवते वासुदेवाय’ जप गरिन्छ किनभने यो मन्त्र जप गर्दा भक्त प्रह्लादले नरसिंहका रूपमा भगवान विष्णुको दर्शन पाएका थिए । यो महिना संक्रांति हुँदैन भने सूर्य ग्रह अधिक मासमा कुनै राशिमा प्रवेश गर्दैनन् ।
यो महिना सूर्य संक्रान्ति नआउने भएकाले नवग्रहको पूजा गर्ने व्यवस्था छैन । नवग्रह आवश्यक पर्ने हरेक पूजा यो अवधिमा गर्न सकिदैन ।
पुरुषोत्तम महिनाको लाभ
यो महिना ब्रह्म मुहूर्तमा उठेर स्नान र दान गर्नुको विशेष महत्व छ ।
१ भगवान् विष्णुसँग सम्बन्धित धार्मिक अनुष्ठानहरू विशेष गरी भागवत पाठ, रामायण पाठ, हरिवंश पुराण पाठ आदि गर्नु शुभ मानिन्छ ।
२ भगवान् विष्णु पीपलमा बास गर्ने विश्वास गरिन्छ। पिपलको रुखमा जल चढाएर प्रदक्षिणा गरी भगवान विष्णुको मन्त्र जप गर्नाले समस्याहरु हट्छन् ।
३ लक्ष्मीको आगमनका लागि अधिकमासमा चामलमा राखेर शंखको पूजा गरिन्छ ।
४ यो महिना तुलसीको बोट नजिक घ्यूको दियो बाले विशेष पुण्य मिल्छ ।
५ अधिकमासमा भगवान विष्णुको नरसिंह स्वरूपको पनि पूजा गरिन्छ । पुराणमा उल्लेख भए अनुसार नरसिंह स्वरूपको पुजाले रोग र समस्या हट्छन ।
प्रतिक्रिया