प्रगतिलाई रोक्ने बानीबाट कसरी बच्ने ?

हामी सबैमा केहि न केहि नराम्रो बानी हुन्छ जुन जीवनमा धेरै तरिकाले घातक साबित हुन सक्छ वा हाम्रो सफलताको बाटोमा बाधा बन्न सक्छ । यस्ता खराब बानीमा समयमै ध्यान दिइएन भने यसले हाम्रो क्षमता र दक्षतामा नै प्रश्नचिन्ह खडा गर्न सक्छ , हामीलाई असफलताको बाटोमा धकेल्न सक्छ। यी घातक र हानिकारक बानीहरू जतिसक्दो चाँडो त्याग्नु बुद्धिमानी हुन्छ ।
१ समस्या परे पनि शान्त भएर कुरा गर्नुहोस् । कसैसँग मिल्न नसकेको समस्या छ वा कुनै व्यक्तिले समस्या खडा गरिरहेको छ भने रिसाउनुको सट्टा शान्त भएर कुराकानी सुरु गर्ने प्रयास गर्नुपर्छ । यसमा प्रयास गरेर समस्याको सीधा समाधान खोज्ने काम गर्नु उपयुक्त हुन्छ । आफुले कुनै विश्वसनीय साथीको अगाडि समस्या राखेर अभ्यास गर्न सकिन्छ । यदि अझै नर्भसनेस छ भने लेखेर पनि यो काम गर्न सकिन्छ ।
२ हडबडि वा हतार गर्नु हुँदैन । हतारमा हुनुले अनौठो र अप्रत्याशित भावनात्मक प्रतिक्रियाहरू निम्त्याउन सक्छ। आफ्नो विगतका गल्तीहरूबाट सिक्नुपर्छ र विचार गर्नुपर्छ कि पछिल्लो पटक हतार गर्दा आफैलाई कति हानि भयो रु आफैलाई केही महत्त्वपूर्ण प्रश्नहरू सोध्नुपर्छ । जस्तो ( वर्तमानमा जुन कदम चालिन्छ त्यसले भविष्यमा आफुले के ( कस्तो घाटा बेहोर्नुपर्ने हुनसक्छ ?
३ अरुलाई आरोप लगाउनबाट जोगिनुपर्छ । जो कसैको गल्ती होस आफूलाई भिक्टिमका रूपमा हेर्नुहुँदैन । यदि तपाईं आफैंलाई पीडितका रूपमा देख्नुहुन्छ र दुई पटक नसोचि अरूलाई दोष दिन थाल्नुहुन्छ भने यो मनोवृत्ति तपाइँका लागि नकारात्मक मात्र साबित हुनेछ । आफ्नो गल्तीबाट सिक्नुपर्छ । अगाडी बढ्नुहोस् र आफैलाई सोध्नुहोस् कि यो अवस्थामा सुधार गर्न तपाईले थप के – कस्ता कदम चाल्न सक्नुहुन्छ ?
४ पूर्णता अर्थात परफेक्शनको चाहना मनमा नराख्नुहोस्, परफेक्शनको चाहबाट जोगिनुहोस् । परफेक्शन सधैं राम्रो हुँदैन । पूर्णताको चाहना कहिलेकाहीं हानिकारक साबित हुन्छ । यसबाट जोगिन अपेक्षित परिणाम, लागत र लिइएको समयका बारेमा प्रतिक्रिया लिन सकिन्छ । हामी आफ्नो चेकपोइन्टहरू थप्न सक्छौं वा साना प्रयोग वा प्रयासहरु गर्न सक्छौं । यसो गरेर हामिले बिस्तारै मानक स्थापना गर्नसक्छौं ।
प्रतिक्रिया