तामिल युनियनसँग खेल्दै नेपाल
नेपालखोज
२०८० साउन १२ गते ८:०६

काठमाडाैं । एसिया कपको तयारीमा श्रीलंकामा रहेको नेपालले आज दोस्रो एकदिवसीय अभ्यास खेलमा तामिल युनियनसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान १० बजे श्रीलंकाको पि सारा ओभल मैदानमा हुनेछ । नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको क्लब टोलीब्लूमफिल्ड क्रिकेट क्लबसँग ६ विकेटले पराजित भएको थियो ।
नेपालले आफ्ना प्रमुख ब्याटर कुशल भुर्तेल, राहित पौडेल, आसिफ शेख, आरिफ शेख र भीम सार्कीलाई खेलाएको थिएन । नेपालले युवा खेलाडी सन्दीप जोरा, देव खनाल, पवन सरार्फ लगायतका खेलाडीलाई मौका दिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया