शुक्रबार, वैशाख १२, २०८२

एरिस्टोटलका गुरु

नेपालखोज २०८० साउन १९ गते ५:१५

ग्रीस । ग्रीसका महान् दार्शनिक एरिस्टोटलको नाम चारैतिर फैलिएको थियो। एकजनाले सोचे जब एरिस्टोटल यति ठूलो विद्वान छन भने उनका गुरु कस्ता होलान ?

आफ्नो जिज्ञासाका कारण उनी एक दिन एरिस्टोटल कहाँ पुगे र भने, ‘म तिम्रो गुरुलाई भेट्न चाहन्छु ।’ एरिस्टोटलका शिक्षक प्लेटो मानिन्छन् । यद्यपि एरिस्टोटलले आफूलाई शिक्षाको कुनै एक स्रोतमा सीमित राखेनन् । उनि पनि ति व्यक्तिको सोचाइ सच्याउन चाहन्थे । त्यसैले उनले भने, ‘तिमी मेरो गुरुलाई भेट्न सक्दैनौ।’

अचम्ममा परेर आगन्तुकले सोधे, ‘तिमी मलाई आफ्नो गुरुसँग परिचय गराउन चाहँदैनौ ?’ एरिस्टोटलले भने, ‘कुरा के हो भने मेरा गुरु एक होइन , धेरै छन्।’ आगन्तुकले फेरि भने, ‘मैले तिम्रो कुरा राम्रोसँग बुझ्न सकिन, कृपया मलाई राम्रोसँग बुझाउ । म तिम्रो गुरुको बारेमा थाहा पाउन टाढाबाट आएको हुँ।’

उनको कुरा सुनेर एरिस्टोटलले मुस्कुराउँदै भने, ‘यो संसारका सबै मूर्खहरू मेरा गुरु हुन्। ती सबैसँग म तिम्रो परिचय कसरी गराउन सक्छु, भन तँ ।’ आगन्तुकले संयम राख्दै भने, ‘ तिमी ठट्टा गरिरहेका छौ ।
मानिसहरू ज्ञानका लागि ठूला-ठूला विद्वान र गुरुहरूकहाँ जान्छन्। यसका लागि मूर्खको शरण कसले लिन्छ ? ‘

त्यसमा एरिस्टोटलले व्याख्या गरे, ‘सत्य यो हो कि मानिसलाई उसको कुनै एक दोषका कारणले मूर्ख मानिन्छ। त्यसैले जब म कुनै मुर्खलाई भेट्छु, म पहिले उसको कमजोरी पहिचान गर्छु र त्यसपछि ममा पनि त्यो कमजोरी छ कि छैन हेर्छु। यदि ममा त्यो दुर्गुण छ भने, म यसलाई हटाउन प्रयास गर्छु। त्यसैले मेरो विकासमा सबैभन्दा ठूलो भुमिका मुर्खहरुले खेलेका छन । ‘

‘स्वाभाविक रूपले म मूर्खहरूलाई मेरो सच्चा गुरु मान्छु।’ जवाफ सुनेर आगन्तुक एरिस्टोटलको पाउमा झुक्यो।

प्रतिक्रिया