महिला विश्वकप फुटबल : फ्रान्स क्वाटरफाइनलमा प्रवेश

नेपालखोज २०८० साउन २४ गते ५:५७

काठमाडाैं । फ्रान्स फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम प्रि–क्वाटरफाइनलमा मोक्कोलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फ्रान्सले क्वाटरफाइनलमम स्थान पक्का गरेको हो ।

पहिलो हाफमा ९ मिनेटको अन्तरमा तीन गोल गर्दै फ्रान्स सहज जिततर्फ अघि बढ्यो । १५औं मिनेटमा पहिलो गोल गरेको फ्रान्सले २३ मिनेट भित्र नै ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।

मोरोक्कोले भने काउन्टर अट्याकमा केही आक्रमण बुनेपनि सफल हुन नसक्दा फराकिलो हार बेहोर्न पुग्यो । अब फ्रान्सले क्वाटरफाइनलमा सह आयोजक अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया