महिला विश्वकप फुटबलको क्वाटरफाइनल आजदेखि

नेपालखोज २०८० साउन २६ गते ५:५१

काठमाडौं । अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न १२ वटा सहरमा जारी महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्तर्गत आज शुक्रबारदेखि क्वाटरफाइनलका खेलहरू हुनेछन् ।

नवौँ महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा स्पेन र नेदरल्यान्ड , जापान र स्वीडेन, अष्ट्रेलिया र फ्रान्स तथा इङ्ल्याण्ड र कोलम्वियाबीच प्रतिस्पर्धा हुनेछ ।

आज शुक्रबार स्पेन र नेदरल्यान्ड तथा जापान र स्वीडेनबीचको खेल हुनेछ । यसैगरी भोलि शनिबार अष्ट्रेलिया र फ्रान्स तथा इङ्ल्याण्ड र कोलम्वियाबीचको खेल हुनेछ ।

यो प्रतियोगिताको पहिलो सेमिफाइनल साउन ३० गते मंगलबार ९१५ अगस्ट ० तथा दोस्रो सेमिफाइनल साउन ३१ गते बुधबार (१६ अगस्ट) हुनेछ ।

यसैगरि भदौ २ गते शनिबार ९ १९ अगस्ट ० प्रतियोगिताको तेस्रो स्थानका लागि तथा भदौ ३ गते आइतबार ९२० अगस्ट ० पहिलो र दोस्रो स्थानका लागि फाइनल प्रतिस्पर्धा हुनेछ । साउन ४ गते ९ २० जुलाई ० प्रारम्भ भएको महिला फुटबल विश्वकप ( २०२३ मा ३२ देस सहभागि छन् ।

प्रतिक्रिया