मंगलबार, असार १७, २०८२

यी प्रदेशमा छ आज भारी वर्षाकाे सम्भावना

नेपालखोज २०८० भदौ १ गते ६:०८

काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानभन्दा उत्तरतिर रहेको छ ।

अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिकदेखि सामान्य  बदली रहेको तथा गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू(भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै आज दिउँसो गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा/हुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर आँशिकदेखि सामान्य बदली रहनेछ भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू/भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया