बुधबार, जेठ २, २०८१

यी काल्पनिक प्राणीहरू

नेपालखोज २०८० भदौ १४ गते १५:३८

काठमाडाैं । यति होस् वा नेस्सी, बिगफुट होस् वा भ्याम्पायर संसारभरका थुप्रै संस्कृतिहरूमा काल्पनिक प्राणीहरूका कथाहरू छन् । तर के यी जीवहरू साँच्चै अस्तित्वमा छन् ?

लेक नेस को दैत्य, ‘नेस्सी’

तालको प्रख्यात पौराणिक राक्षस ‘नेस्सी’ को एक झलक हेर्ने आशामा हरेक वर्ष हजारौं जिज्ञासु मानिसहरू स्कटल्याण्डको लेक नेसको भ्रमण गर्छन्। धेरै शताब्दी अघि उनलाई देखिएको दाबी गरिएको छ, तर आजसम्म उनको अस्तित्वको कुनै प्रमाण फेला परेको छैन। उनको एउटा तस्विर अप्रिल १९३४ मा डेली मेल पत्रिकामा प्रकाशित भएको थियो । यद्यपि त्यो तस्बिर झुटो भएको विश्वास गरिन्छ ।

हिमालयको यती

यती हिमालय पहाडमा एक्लै बस्ने विश्वास गरिन्छ । हुनसक्छ त्यसैले पर्वतारोहीहरूले मात्र उनीहरूको सामना गरेका छन्। राइनहोल्ड मेसर त्यस्ता व्यक्ति मध्ये एक हुन । विशाल यतीका पदचिह्नको तस्बिर मिडियामा देखा पर्न जारी छ, तर तिनको अस्तित्व कहिल्यै निर्णायक रूपमा प्रमाणित भएको छैन । यद्यपि स्थानीय शेर्पाहरूमा यतीको अस्तित्व प्रति दृढ विश्वास छ।

बिगफुट

शारीरिक रूपमा बिगफुट यतिको सँग मिल्दोजुल्दो छ । यसको केशयुक्त छाला सेतोको सट्टा खैरो छ। यसलाई सास्कवाशको नामले पनि चिनिन्छ । उत्तरी अमेरिकाको जङ्गलमा बस्ने भनिएपनि अन्य महादेशमा पनि बिगफुट देखिएको दाबी गरिएको छ । ऊ मानिसबाट टाढा रहन्छ । २०२२ मा एक अस्ट्रेलियाली महिलाले बिगफुटले आफू माथि आक्रमण गरेको दाबी गरेकि थिइन् ।

ट्रोल

युरोपमा स्क्यान्डिनेभियन देशहरूमा ट्रोलका कथाहरू पढन पाइन्छ। यो काल्पनिक जीव पहाडका गुफा, जङ्गल वा समुद्रमा बस्ने विश्वास गरिन्छ। कसैको एउटा मात्र आँखा छ, कसैको दुई टाउको छ, तर तिनीहरू सबैको एउटा विशेषता छ – तिनीहरू रातमा मात्र बाहिर आउँछन्, किनभने कथा अनुसार सूर्यको किरणले तिनलाई ढुङ्गामा परिणत गर्दछ।

कप्पा

जापानमा पानीको राक्षस कप्पा को कथा प्रचलित छ। यीनको अनुहार मानिसजस्तै भएपनि बाँकी संरचना भ्यागुता वा कछुवा जस्तो भएको विश्वास गरिन्छ । यीनीहरू पानीमा बस्छन्, फलफूल चोर्छन् र कहिलेकाहीँ गाईवस्तु वा घोडाहरूलाई नदीमा तानेर आफ्नो सिकार बनाउँछन्। यीनको टाउकोमा एउटा खाल्डो हुन्छ जुन पानीले भरिएको विश्वास गरिन्छ । कथा अनुसार यसले कप्पा को शक्ति बढाउँछ ।

युनिकर्न

टाउकोमा सिङ भएको सेतो घोडाका बारेमा बाइबलमा पनि उल्लेख छ र यो बाँकी काल्पनिक प्राणीहरूमध्ये उत्कृष्ट मानिन्छ। यो धेरै शक्तिशाली छ । यसले रोग निको पार्न सक्छ भने मरेका मानिसहरूलाई जीवित बनाउन सक्छ भन्ने विश्वास गरिन्छ। यसलाई कैद गर्नु हुँदैन किनभने यो बन्दी भयो भने जिबित रहन सक्दैन । मार्क पोलोले युनिकर्न देखेको दाबी गरेका थिए ।

भ्याम्पायर

भ्याम्पायर सिनेमाको एक प्राणी हो, तर यसको कथा एक व्यक्तिमा आधारित छ – क्रूर काउन्ट भ्लाड ड्रेकुला जो १५ औं शताब्दीमा ट्रान्सिल्भेनियामा बस्थे। उ राती – राती मानिसको रगत पिउने र दिउँसो कफिनमा सुत्ने भूत थियो भन्ने विश्वास गरिन्छ।

वोल्पर्टिङ्गर

जर्मन लोककथा अनुसार वोल्पर्टिङ्गर खरायो र नर हरिणको मिलनबाट जन्मिएको थियो। कुनै पनि दुई वोल्पर्टिङ्गरहरू समान देखिँदैनन्। दक्षिणी जर्मनीको जङ्गलमा पाइने यो जीव विरलै देखिए पनि जर्मन हन्टिङ एण्ड फिशिङ म्युजियममा यसका केहि नमूना छन्। यसको अर्थ यो कुनै काल्पनिक प्राणी नहुन सक्छ ।

प्रतिक्रिया