बिहीबार, वैशाख २०, २०८१

फिटनेस : छिट्टै तौल घटाउनुका साइड इफेक्ट

नेपालखोज २०८० भदौ १९ गते ७:४५

धेरै तौल वा मोटोपनको अवस्थालाई अनुसन्धानकर्ताहरूले स्वास्थ्यका लागि धेरै किसिमले हानिकारक भएको बताएका छन्। तौल बढेसँगै मुटुसम्बन्धी रोग, मधुमेह र मेटाबोलिक डिसअर्डरको जोखिम तीव्र रूपमा बढ्छ । त्यसैले तौल नियन्त्रणमा राख्न सबैलाई निरन्तर प्रयास गर्न स्वास्थ्य विज्ञहरू सुझाव दिन्छन् । केही विशेष प्रकारको डाइट प्लानमा नियमित व्यायाम गर्ने बानी बसालेर सजिलै तौल घटाउन सकिन्छ ।

स्वास्थ्य विशेषज्ञहरु भन्छन्- हामी सबै केहि दिनमा छिटो तौल घटाउन चाहन्छौं, तर के तपाईलाई थाहा छ छोटो समयमा छिटो तौल घटाउनु पनि थुप्रै समस्याको कारण बन्न सक्छ। शरीरमा हुने साइड इफेक्टहरूबाट जोगिन ढिलो र स्थिर गतिमा वजन घटाउनु राम्रो मानिन्छ । अध्ययनले देखाए अनुसार बिस्तारै तौल घटाउने व्यक्तिहरूले लामो समयसम्म आफ्नो तौल नियन्त्रणमा राख्छन् ।

कति वजन घटाउनु ठीक ?

स्वास्थ्य विज्ञहरूका अनुसार एक हप्तामा ४०० ग्रामदेखि एक किलोसम्म तौल घटाउनु स्वस्थ र सुरक्षित दर हो । यो भन्दा बढी तौल घटाउनु छिटो मानिन्छ, जसको शरीरमा अनेकन साइड इफेक्ट हुन सक्छ । द्रुत तौल घटाउने उपायले मांसपेशी क्षति, पित्तथैली तथा पोषण समस्या अनि मेटाबोलिक विकारहरूको जोखिममा राख्न सक्छ ।

मांसपेशीमा क्षति

तौल घटाउँदा केही कुरामा ध्यान दिनु आवश्यक भएको स्वास्थ्य विज्ञहरू बताउँछन् । तौल घटाउनु र बोसो घटाउनु दुई फरक कुरा हुन्। जब धेरै छोटो समयमा धेरै छिटो वजन घटाइन्छ तब मांसपेशि र शरीरमा पानीको कमीको जोखिम देखापर्छ ।

अनुसन्धानकर्ताहरूले २५ व्यक्तिको ५ हप्ताको अध्ययनमा पत्ता लगाए अनुसार जसले छिटो तौल घटाउने प्रयास गरेका थिए उनीहरूले अरूको तुलनामा छ गुणा बढी मांसपेशी हानि देखाए ।

मेटाबोलिज्मको समस्या हुन सक्छ

छिटो तौल घटाउँदा मेटाबोलिज्मसँग सम्बन्धित समस्याहरू पनि बढन सक्छ । हाम्रोले पाचन प्रणालीले प्रत्येक दिन कति क्यालोरी बर्न हुन्छ भन्ने कुरा निर्धारण गर्दछ। पाचनको गतिमा कमीको अर्थ प्रति दिन कम क्यालोरी बर्न हुनु हो ।

यदि धेरै कम क्यालोरीयुक्त आहार खाने हो भने यसको कारणले मांसपेशी क्षति र हार्मोनमा परिवर्तन जस्ता समस्याहरूको जोखिम पनि हुन्छ ।

पित्त थैलीमा पत्थरी

पित्तथैलीको पत्थरी सामान्य समस्या हो । यद्यपि धेरै छिटो तौल घटाउने उपाय अपनाउने हो भने यसको कारणले पत्थरीको जोखिम बढ्न सक्छ । सामान्यतया हाम्रो पित्त थैलीले बोसोयुक्त खाना पचाउन पाचन रस निकाल्छ । छिटो तौल घटाउँदा उक्त रस प्रयाप्त रुपमा निस्कन सक्दैन अनि पित्तथैलीको पत्थरी हुन सक्छ, जुन पीडादायक अवस्था हो।

प्रतिक्रिया