विदेशी मुद्राको आजको भाउ

नेपालखोज २०८० भदौ २७ गते ८:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४६ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६५ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७५ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ २९ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ४५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया