आइतबार, जेठ ६, २०८१

बालबालिकाको सिकाइमा कठिनाइ हुने मुख्य अवस्था

नेपालखोज २०८० असोज ५ गते १०:३०
  • कुपोषण तथा हिंसा र दुर्व्यवहार
  • बालबालिकामा कुनै प्रकारको कार्यगत सीमितता वा अपाङ्गता भएमा 
  • घरमा उत्प्रेरणात्मक वातावरण तथा प्रोत्साहनको अभाव
  • प्रारम्भिक बाल्यावस्थामा विभिन्न आधारभूत अवधारणामा अस्पष्टता 
  • उमेर तथा विकासात्मक अवस्था अनुरुपका सिकाइ क्रियाकलाप गर्न नपाउँदा 

अभिभावकको मुख्य दायित्व   

प्रारम्भिक बाल सिकाइका लागि उचित वातावरण तयार गर्नु अभिभावकको जिम्मवारी हो । यसका लागि केही मुख्य दायित्व निम्नानुसार छन्ः

  • बालबालिकालाई उचित पोषण तथा हिंसा र दुर्व्यवहारमुक्त वातावरण प्रदान गर्नुपर्दछ । विभिन्न रोग तथा दुर्घटनाबाट बचाउनुपर्छ । 
  • प्रारम्भिक बाल्यवस्थामा शिशु/बालबालिकाले अनुभव गरेर, वास्तविक वस्तुको मद्दतले सिक्दछन् । घरमा भएका विभिन्न वस्तुहरू पहेंला फल, हरिया तरकारी, अन्न गेडागुडी आदि हेर्न, छाम्न, सुँघ्न, सुन्न, खान हुने वस्तुको स्वाद लिन प्रोत्साहन दिनुपर्दछ । 
  • बालबालिकाले साथी तथा ठुला व्यक्तिसँग सिक्ने हुनाले समूहमा खेल्न दिनुपर्छ । आफूले नमुना व्यवहार गरेर देखाउने र घरपरिवार तथा समुदायका विभिन्न क्रियाकलापमा सहभागी गराउनुपर्दछ ।
  • कथा सुनाउने, भन्न लाउने र कुराकानी गरेर भाषा, सञ्चार जस्तै प्रश्न सोध्न प्रोत्साहन गर्ने र उनीहरूले प्रश्न गर्दा धैर्यताका साथ जवाफ दिने गर्नुपर्छ ।
  • बालबालिकाले आफ्नै परिवेशमा उमेर, क्षमताअनुरुप जे कुरा पनि विभिन्न तरिकाबाट सिकिरहेका हुन्छन् । त्यसैले घरमा गरिने विभिन्न क्रियाकलाप (तरकारी केलाउने, सरसफाइ गर्ने, लुगा धुने आदि) लाई सिकाइमा जोडेर लैजानुपर्छ । साथै आफ्नो र घरका काममा उनीहरूलाई जिम्मेवार बनाउँदै लैजानुपर्छ ।
  • बालबालिकाको बहुल प्रतिभा विकास गर्न सोअनुसारका विभिन्न अवसर प्रदान गर्नुपर्दछ ।
  • बालबालिकालाई कुनै किसिमको भेदभाव नगरीकन समान रूपमा खेल्ने समय प्रदान गर्नुपर्दछ र धेरै प्रशंसा गर्नुपर्दछ । 

प्रतिक्रिया