सबै हिसाबले नेपालको भूमि उर्वर छ : राष्ट्रिसभा अध्यक्ष तिमिल्सिना
नेपालखोज
२०८० असोज ६ गते १८:५०

नवलपरासी । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमि सबैका लागि उर्वर रहेको बताउनुभएको छ । उहाँले नेपाल उर्वर भूमि भएकै कारण सबै जातजाति र धर्महरूको फुल्न पाउने अधिकार रहेको बताएका छन् ।
पश्चिम नवलपरासीको परासीमा आयोजित राष्ट्रिय एकता सम्मेलन कार्यक्रमा उहाँले नेपालमा कुनै पनि जातजाति तथा धर्मलाई दबाएर नराखिएको बताए ।
धार्मिक एकता तथा राष्ट्रिय एकता कायम राख्नका लागि सबै धर्मका गुरुहरूलाई कार्यक्रममा बोलाइएको थियो । यस्तै एकता तथा शान्तिको सन्देश दिनका लागि परेवा उडाइएको थियो । अध्यक्ष तिमिलसिनाले सुस्ताको झोलुङ्गे पुलको समेत आवलोकन गरेका थिए ।
उनले नेपाल–भारतबीचको भूमि विवाद हुने ठाउँ सुस्तामा पुग्नका लागि नारायणी नदीमा बन्दै गरेको झोलुङ्गे पुलको अवलोकन गरेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया