बिहीबार, वैशाख २०, २०८१

व्यावसायिक म्युजिक क्षेत्रको बलियो खम्बा बाबु राजा के.सी.

नेपालखोज २०८० असोज २४ गते ११:३७

काठमाडाैं । कृष्ण फिल्मस एण्ड एड्भरटाईजिङ्ग विशेष रूपमा नेपाली गीत सङ्गीतको म्युजिक भिडियो निर्माण गर्ने, वृत्तचित्र, टेलिभिजन कार्यक्रम, सरकारी तथा व्यावसायिक कम्पनीहरूका विज्ञापन आदी निर्माण गर्ने एवं प्रसारण गर्ने काम गर्दै आइरहेको कम्पनी / फर्म हो ।  नेपालमै पहिलो पटक व्यावसायिक रूपमा म्युजिक भिडियो निर्माण गर्दै आई रहेका दक्ष, अनुभवी व्यावसायिक व्यक्तिहरूबाट सञ्चालित छ यो कम्पनी । यस कृष्ण फिल्मस एण्ड एड्भरटाईजिङ्गले आफ्नो कम्पनीको उद्देश्य अनुरूप विभिन्न प्रकारका नृत्य  तथा अभिनय सिकाउने कक्षाहरू पनि सञ्चालन गर्दै आइरहेको छ । साथै विभिन्न विधाका नेपाली गीत सङ्गीतका कलाकारहरूको सहकार्यमा बिभन्न प्रकारका गीत सङ्गीतका उत्पादन तथा वितरण, प्रकाशन समेत गर्दै आइरहेको छ । यस कम्पनीसँग आफ्नै रेकडिङ्ग स्टुडियो,फिल्म स्टुडियो, विभिन्न सिरिजका क्यामरा, एडिटिङ्ग सेट लगायत आवश्यक संम्पुर्ण उपकरणहरू रहेका छन् ।

हाल सम्म ६ हजार भन्दा बढी नेपाली गीत सङ्गीतका म्युजिक भिडियो निमार्ण तथा निर्देशन गरी सकेको यस कम्पनीले बहुचर्चित टेलिभिजन कार्यक्रमहरू सुसेली, लोक सुसेली, लोक लहरी, लोक भाका, सन्दर्भ सहकारी, आर्थिक विकास, सान्तीको सन्देश, द नेक्सट (शैक्षिक कार्यक्रम) हरू निर्माण गर्दै आइरहेको र नेपाल टेलिभिजन तथा अन्य च्यानल बाट समेत प्रसारण भएका वा हुँदै आई रहेका छन् । युएनडिपी र नेपाल सरकारको महिला तथा बालबालिका मन्त्रालय बिचको सहकार्यमा विभिन्न जनचेतनामूलक टेलिचलचित्र, विज्ञापनहरू समेत निर्माण एव प्रसारण गर्दै आईरहेकोछ । नेपालको टेलिभिजन कार्यक्रम एवं म्युजिक भिडियो निर्माण, प्रसारण क्षेत्रमा सबै भन्दा बढी जनशक्ति भएको ठुलो र जेठो संस्था हो । 

२०४९ साल देखी नेपालका विभिन्न च्यानल तथा ब्यक्तीगत रूपमा फ्रि लाईन्सर निर्देशकका रूपमा काम गर्दै आरहेका सोलुखुम्बु नेचा सल्यान २ मा जन्म भई बुढानीलकण्ठ १० कपन काठमाण्डौं बस्ने श्री बाबु राजा के.सी. ले २०५४ सालमा कृष्ण फिल्मसमा आबद्धमा भइ नेपालमा व्यावसायिक रूपमा म्युजिक भिडियो निर्माण गर्न सुरु गरे। उनले नेपाली लोक दोहोरी गीतको म्युजिक भिडियो निर्माण गरी प्रचारप्रसार गर्न सुरु गरेबाट नै नेपाली लोकदोहोरी गीत व्यावसायिक भएका हुन् ।

निर्देशन तथा एडिटीङमा निपूर्ण उनले २०६५ सालमा कृष्ण फिल्मस एण्ड एड्भरटाईजिङ्ग लाई आफ्नो पूर्ण स्वामित्वमा लिइ प्रबन्ध निर्देशक तथा म्युजिक भिडियो निर्देशकका रूपमा आज पनि क्रियाशील छन् । उनले हाल सम्म ३००० (तिन हजार) बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।  आफू भन्दा जुनियर तथा विभिन्न पेसामा काम गरिरहेका टेलिभिजन कलाकर्मीहरूको हक–अधिकार तथा पारिश्रमिक  लगायतका विविध विषयमा नीति नियम बनाउने , जनचेतना जगाउने लगायतका काममा सक्रिय रहने उनि सामाजिक ब्यक्ती हुन् । आफ्नो हक अधिकारका लागी टेलिभिजन कला कर्मसँग सम्बन्धित पेसागत संस्थाहरू उनकै  संलग्नतामा स्थापना भएका हुन् ।

नेपाली गीत सङ्गीतको श्रिवृद्धीमा सक्रिय रहँदै आएका कृष्ण फिल्मस एण्ड एड्भरटाईजिङ्गका प्रबन्ध निर्देशक तथा म्युजिक भिडियो निर्देशक श्री बाबु राजा के.सी. ‘उज्ज्वल’ हाल म्युजिक प्रोड्यूसर एसोसिएसनका महासचिव, टेलिभिजन कलाकर्मी मञ्चका महासचिव, सङ्गीत विकास बचत तथा ऋण सहकारी संस्थाका सचिव, म्युजिक भिडियो निर्देशक समाजका संरक्षक, सहयोगी संस्थाका संरक्षक, म्युजिक भिडियो कलाकार सङ्घका प्रमुख सल्लाहकार, सङ्गीत उत्पादक समाजका संस्थापक, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका आजीवन सदस्य लगायत विभिन्न संस्थामा आबद्ध छन् ।

प्रतिक्रिया