स्वास्थ्य जाँचका लागि अस्पतालमा प्रधानमन्त्री

नेपालखोज २०८० असोज ३० गते २०:२५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन् । छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड आज मंगलबार थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना भएका हुन् ।

अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ । प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ।

प्रतिक्रिया