इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव काठमाडौंमा, आजै धनगढी लैजाने तयारी

नेपालखोज २०८० कार्तिक ५ गते ९:५४

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको छ । आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनवटा शव ल्याइएको हो । 

शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । एउटा शव दिउँसो १ बजे ल्याइनेछ । 

नेपाल पठाइएका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ ।

शव आजै नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया